संक्रमण भएपछि महागुरु कोच दिप श्रेष्ठ होस्पिट्लमा ,

समाचार स्वास्थ्य

नेपालकै नम्बर १ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल ३’नेपालको चर्चित रियालिटी शो हो । अहिले यस्को तेश्रो सस्करण चलिरहेको छ । भ्वाइस अफ नेपालको डिजिटल अडिसनमा बिश्वभरि बाट करिव ४० हजार जनाले आबेदन दिएका थिए । जसबाट डिजिटल अडिसन, फिजिकल अडिसन, ब्लाईण्ड अडिसन, ब्याटल राउण्ड हुँदै अहिले नकआउट राउण्ड सम्म आईपुगेको ।यो शोको प्रशारण २ साताअघि रोकिएको थियो ।

शोमा सहभागी केही प्रतिस्पर्धी र कोचलाई कोरोना संक्रमण भएपछि यो शोको प्रशारण रोकिएको हो । २ साता अगाडि आयोजकले सामाजिक संजालमार्फत कोरोना संक्रमण बढेकाले जोखिम लिन नसकिने भन्दै शोको प्रशारण रोकिएको जानकारी गराएको थियो ।
कोरोना संक्रमित कोच र प्रतिस्पर्धीहरु कोरोना संक्रमणमुक्त भएको जानकारी गराएको थियो तर महागुरु कोच दिप श्रेष्ठलाई स्वास्थमा समस्या देखिए पछि होस्पिट्लमा  भर्ना हुनु भएको छ ।

महागुरु कोच दिप श्रेष्ठलाए कोविड देखिए पछि वहाँ अहिले यो रोग सङ जुधी रहनुभको छ। सधै हामीलाई आत्मबल दिने संगीतका जिवत धरोहरलाई कोविड सङ जुध्न सामान्य नै हुनेछ भन्ने मा हामीलाई बिश्वास छ। उहाँको स्वास्थ्य लाभको लागि सबैले कामना गरौ  र वहाँ को उपचार मा अहिले सम्म खटिनु भएको चिकित्सक तथा नर्सलाई पनि धेरै धेरै धन्यवाद।

१५ दिनमा खोप खरिदको विषय टुङ्गो लाग्ने, अब सबै नागरिकले खोप पाउने

परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले अबको १५ दिनमा कोभिड–१९ खोप खरिदको विषय टुङ्गो लाग्ने बताउनुभएको छ । स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल कार्यक्रममा उहाँले विभिन्न देशमा खोप खरिदका लागि पहल गरिरहेको र सकारात्मक जवाफ आएको बताउनुभएको हो ।

यस्तै मन्त्री ज्ञवालीले चीनले अनुदान स्वरूप दिने भनेको १० लाख डोज कोभिड खोपमध्ये दुई लाख डोज खोप आउँदो आइतवार नेपाल आउने पनि बताउनुभयो । बाँकी आठ लाख डोज खोप आउँदो मङ्गलवारसम्ममा आउने उहाँले बताउनुभयो ।

गएको बुधवार ९अस्ति० राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजपिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो । यसअघि पनि चीनले नेपाललाई आठ लाख डोज भेरोसेल खोप अनुदानमा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *