अध्यादेश मार्फत पर्सि बालुवाटरबाटै गरिँदैछ यस्तो ठूलो घोषणा, के होला ?

राजनीति

१३ जेठ, काठमाण्डौ

आगामी आर्थिक वर्ष २०७८र०७९ को बजेट अध्यादेशमार्फत ल्याउने तयारी गरिएको छ । सरकारले त्यसअघि लागि भोली आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको छ । शुक्रबार दिउँसो २ बजे अर्थ मन्त्रालयमा जुम मिटिङमार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागिएको छ ।

प्रधानमन्त्रीको निवास बालुवाटारबाट अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ गते बजेट घोषणा गर्न लागेका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो ।

संसद विघटन गरिएकै कारण सरकारको नीति तथा कार्यक्रम पनि प्रभावित भएको छ । बजेटको १५ दिन अघि नै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि यसपटक नीति तथा कार्यक्रम आएको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा पनि सर्वोच्च अदालतमा रिट परेको छ । उच्च अदालत बार पाटनका सचिव समेत रहेका अधिवक्ता कृष्ण भण्डारीले रिट पेश गरेका छन् ।

प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने स्पष्ट आधारसहित ओलीले पेस गरेको संख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधानको धारा ७६ ९५० विपरित रहेको भन्दै रिट पेश गरेका हुन् ।

बहुदलीय व्यवस्थामा पार्टीका आधिकारिक निकायले यति सदस्य छन् भनेर दावी गरेपछि त्यो नै आधिकारिक हुने भएकाले राष्ट्रपतिले एमालेका १२१ र जसपाका ३२ सांसदको दावी दुवै दलका अध्यक्ष तथा संसदीय दलका नेताबाट पेस भएकाले त्यसलाई मान्नुपर्ने जिकिर रिटमा छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २५ रिट निवेदन पेस भएका छन् । तर दर्ता हुन बाँकी छ ।राष्ट्रपतिले यही जेठ सात गते बेलुकी ५ बजेसम्म संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेकी थिइन् ।

उक्त समयसीमामा प्रधानमन्त्री केपी शर्मा ओलीले १५३ र कांग्रेस सभापति देउवाले १ सय ४९ सांसद समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर ती दाबीमा सांसदहरूको नाम दोहोरिएको भन्दै राष्ट्रपति कार्यालयले दुबै जनालाई प्रधानमन्त्रीमा नियुक्त गर्न नसकिएको विज्ञप्ति जारी गरेको थियो ।

सो जानकारी सार्वजनिक भएलगत्तै मध्यराति बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिलाई प्रतिनिधिसभा भंग गर्दै आगामी कात्तिक २६ र मंसिर ३ मा निर्वाचनको सिफारिस गरेको थियो । मन्त्रिपरिषदको सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी चुनावको मिति घोषणा गरेकी थिइन् ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *