राष्ट्रपति भण्डारीले गरिन सी जिन पिङसँग पौने घण्टा टेलिफोन संवाद, के कुरा भयो हेर्नुहोस्

समाचार

जेठ १३, काठमाडौं
महामारीवि’रुद्ध सरकारले अन्तर्राष्ट्रिय साथ खोजिरहेको बेला राष्ट्रप्रमुखको समेत देखिने सक्रियता बढेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बुधवार एकै दिन दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उलब्ध गराउन लिखित र मौखिक आग्रह गरेकी छन् ।

अहिले केहीबेर अघि राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी जिङपिङबीच करीव पौने एक घण्टा टेलिफोन संवाद भएको छ । को(भि’ड महामारीको एक वर्षको बीचमा नेपाल र चीनका राष्ट्रपतिबीच यो दोस्रो टेलिफोन संवाद हो ।दुई राष्ट्र प्रमुखबीच भएको उक्त संवादमा राष्ट्रपति भण्डारीले को(भि’ड(१९ विरुद्धको खोप उपलब्ध गराउन चिनियाँ राष्ट्रपतिलाई विशेष आग्रह गरेको राष्ट्रपति कार्यालयका एक उच्च अधिकारीले बताए ।

जवाफमा चीनिया राष्ट्रपतिले नेपाल चीनको अभिन्न मित्र रहेको भन्दै नेपाललाई आवश्यक सहयोग गर्न तत्पर रहेको बताएका छन् ।दुई मुलुकबीचको परम्परागत मै’त्रीपूर्ण सम्बन्धको चर्चा गर्दै राष्ट्रपति भण्डारीले नेपाललाई खोप उपलब्ध गराउने चिनियाँ त’दारुकताको अपेक्षा समेत व्यक्त गरेको बताइएको छ ।

नेपालले झन्डै २ करोड जनसंख्यालाई खोप लगाउनुपर्ने र यसका लागि आवश्यक पहल भैरहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले आवश्यक मात्रामा खोप खरिद गरेर लगाउन पनि नेपाल तयार रहेको चि’नियाँ राष्ट्रपतिसँगको टेलिफोन संवादमा बताएकी छन् ।नेपाल भाइरस म’हामारीको क’ठिन अवस्थामा रहेको बताउँदै राष्ट्रपति भण्डारीले चीनले उपलब्ध गराउन सक्ने खोपको परिमाणबारे पनि चिनियाँ राष्ट्रपतिसँग जिज्ञासा राखेको बताइन्छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई काेराेना भाइरसविरुद्धकाे खाेप उपलब्ध गराउनका लागि पहल गरिदिन भारतीय राष्ट्रपति रामनाथ काेविन्दलाई पत्र पठाउनुभएकाे छ ।

राष्ट्रपति भण्डारीले कुटनीतिक माध्यममार्फत भारतका राष्ट्रपति कोविन्दलाई नेपालमा खोप उपलब्ध गराउनको लागि पहल गर्न आग्रह गरेको उहाँकाे सचिवालयले जनाएको छ ।

पत्रमा राष्ट्रपति भण्डारीले नेपालमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा भारतले गरेको सहयोगलाई लिएर धन्यवाद दिँदै तत्काल खोप उपलब्ध गराउन पहल गरिदिन आग्रह गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज एकै दिन दुई छिमेकी देशका समकक्षीसँग खोप उपलब्ध गराउन आग्रह गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले चिनियाँ राष्ट्रपति जिनपिङसँग झन्डै पौने एक घण्टा टेलिफोनमा कुराकानी गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *