अभिव्यक्तिबाट विवादमा आउने गरेका वन तथा वातावरण मन्त्री ,छलाछुल्ल भए । 

राजनीति समाचार

काठमाडौं। एमालेका नेता तथा पछिल्लो समय अभिव्यक्तिबाट विवादमा आउने गरेका वन तथा वातावरण मन्त्री प्रेम आलेको सफेद झूट छलाछुल्ल भएको छ । छातीमा हात राखेर भन्छु मैले किनेर दिएको सामान विदेशी अनुदानको होइन ’ भनेका आलेले जिल्ला अस्पताल डोटीलाई दिएको अक्सिजन सिलिन्डर अनुदानकै रहेको खुलासा भएको छ ।

यतिमात्रै होइन, मन्त्री प्रेम आले झुटो बोल्न खोज्दा नराम्रोसँग चिप्लिएको पनि छर्लंग भएको छ । आलेले अक्सिजन सिलिन्डरमा स्टिकर टाँसेको सार्वजनिक भएपछि हतारमा गल्ती ढाकछोप गर्न खोज्दा नराम्रोसँग फसेका छन्।

यतिबेला, अक्सिजन सिलिन्डर  किन्दा भ्याट नै नलाग्ने सरकारी व्यवस्था  छ । मन्त्रीपरिषदको बैशाख १३ गतेको बैठकले महामारीबाट संक्रमित बिरामीहरुको उपचार व्यबस्थापनका लागि आबश्यक अक्सिजन सिलिन्डरलगायतका सामाग्रीहरुको पैठारीमा लाग्ने भन्सार महसुल, भ्याट, तथा अन्तशुल्क समेत छुट हुने निर्णय गरेको थियो।

आलेले त भ्याट नै  तिरेको बिलल सार्वजनिक गरेका छन्। जुन सफेद झूट र नक्कली रहेको प्रस्ट देखिन्छ।  हतारमा नक्कली बिल बनाउँदा मन्त्री आले नराम्रोसँग चुकेका छन्। यता आलेको नक्कली काममा सेती प्रादेशिक अस्पताल पनि मुछिएको छ।

सेती अस्पतालले अक्सिजन सिलिन्डर उपलब्ध गराइदिन भन्दै बिध म्यानेजमेन्ट प्रालीलाई पत्राचार गरेको छ। तर, प्रश्न उठ्छ व्यक्तिगत खर्चमा अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामाग्री किनेको दाबी गरेका मन्त्री आलेले किन सेती प्रादेशिक अस्पतालमार्फत बिध म्यानेजमेन्ट प्रालीलाई पत्र लेखे त ?

त्यसो त बिध म्यानेजमेन्ट प्राली आँफैमा बिबादास्पद कम्पनी हो। बिधका बिषयमा अबैध लगानीको समाचार बाहिर आइरहेको छ। शंकास्पद लगानीमा सञ्चालित बिधले नियमविपरीत पोखरामा प्रयोगशाला स्थापना गरेको भन्दै राष्ट्रिय प्रयोगशाला, टेकुले बन्द गराएको थियो।मन्त्री आलेले किनेको बिलमा किन भ्याट जोडिएको हो भनेर बिधमा सम्पर्क गर्न खोज्दा त्यहाँका कर्मचारीहरुले कुनै प्रतिक्रिया दिन चाहेनन्।

आलेले गृह जिल्लामा वितरण गरेका ७५ वटा सिलिन्डरमा स्टिकर टाँसेको सामाजिक स न्जालमा छता छु ल्ल भएका थिए।  । ती मध्ये ६० वटा उनले बिध म्यानेजमेन्ट प्रालीबाट खरिद गरेको उल्लेख गरेका छन्। आलेले गृह जिल्लामा वितरण गरेका ७५ वटा सिलिन्डरमा स्टिकर टाँसेको सामाजिक स न्जालमा छता छु ल्ल भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *