युवाहरुले पूर्वमन्त्री रावलको पुत्ला जलाए, अध्यादेशको विरोध वीरगंजमा ।

राजनीति समाचार

पूर्वमन्त्री भीम रावलको मधेसमा पुत्ला जलेको छ ।  नागरिकता अध्यादेशको विरोधका नाममा मधेसी जनताको भावनासँग खेलवाड गरी होच्याएपछि आक्रोशित मधेसी युवाहरुले वीरगंजमै पुत्ला जलाएका हुन् । उनीहरुले रावललाई मधेस पस्न नदिने घोषणा पनि गरेका छन् ।

भ्रमपूर्ण प्रचार गरी साम्प्रदायिकता भड्काउन खोजेको उनीहरुको आरोप छ । युवा नेता अमिताभ बचन दासको नेतृत्वमा रहेका युवाहरुले नेता रावलकोड पुत्ला दहन गरेका हुन् । उनले भने, ‘नेपालको संविधानको भाग २ को धारा १० (१)  मा ‘कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।’ भन्ने स्पष्ट संवैधानिक व्यवस्थाको वावजुद पनि नागरिकता प्राप्त गर्न योग्य आफ्नै देशका लाखौं९लाख युवा९युवतीहरुलाई विभिन्न वहाना र जालझेलको आडमा अनागरिक बनाईं राख्ने षड्यंत्र विफल पार्न आएको नागरिकता अध्यादेशको विरोध गर्नेहरु मधेश विरोधी हुन् ।’

विरगंजका सचेत, जागरूक एवं क्रान्तिकारी युवाहरुले नेता रावलको पुत्ला दहन गरेका हुन् । नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानलाई नागरिकता दिने उद्देश्यले आएको अध्यादेशलाई अनुचित ढंगबाट विवादित एवं बदनाम गराउन तराई९मधेशमा नागरिकताको पसल खुल्यो, सिक्किमीकरण र फिजिकरण हुने भयो भनेर अर्नगल दुष्प्रचारको हर्कत राष्ट्रवाद होकी देश र जनतप्रतिको घात सबैले समयमैं बुझ्न जरूरी रहेको दासले बताए ।

लाखौँ नागरिक राज्य विहीनता महशुस गरिरहेको अवस्थामा सरकारले नागरिकता सम्बन्धी समस्या समाधान गर्न ल्याएको नागरिकता अध्यादेशबारे भ्रमपूर्ण कुरा गरेर रावलले सम्प्रदायिकता भडकाउन खोजेको उनीहरुको आरोप छ ।

नेता रावलले सामाजिक सञ्जालमा वीरगञ्जमा नागरिकता लिन भारतीयहरूको भीड लागेको समाचार आयो भन्दै ट्वीट गरेका थिए । उक्त ट्वीटको आलोचना भएपछि उनले हटाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *