सरकारमा रहेका आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र सरकारबाट बाहिरिन दिए निर्देशन : अध्यक्ष केपी शर्मा ओली

राजनीति समाचार

एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा रहेका आफ्ना मन्त्रीलाई २४ घण्टाभित्र सरकारबाट बाहिरिन दिएको निर्देशन ठाडै उल्लंघन भएको छ । प्रधानमन्त्री समेत रहेका ओलीको अध्यक्षतामा सोमबार बसेको स्थायी कमिटी बैठकले समर्थन फिर्ता लिँदै सुदूरपश्चिम प्रदेशका मन्त्रीलाई बाहिरिन २४ घण्टे अल्टिमेटम दिएको थियो ।

तर, बुधवार धनगढीमा सम्पन्न एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले माओवादी केन्द्रलाई दिएको समर्थन कायम राख्ने निष्कर्ष निकालेको छ । निर्णय नमानेपछि ओलीलाई ठूलै धक्का लागेको चर्चा भएको छ ।

संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो। यस्तो निर्णयसँगै मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकार जोगिएको छ।

ओलीमाथि लोकप्रिय एमाले तहसनहस पारेको आरोप, सामाजिक सञ्जालमा माधव नेपालको खेदो खनिदै !

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमनत्री केपी शर्मा ओलीको कारवाहीको सिकार भएका नेता माधवकुमार नेपालले ओलीको कदमको भत्र्सना गरेका छन् । मंगलबार एक विज्ञप्तिमार्फत उनले आफूसहित ११ नेतालाई गरिएको कारबाही औचित्यहीन भएको बताउदै ओलीको चर्को आलोचना गरेका हुन् ।

“निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु । त्यसैले अब हामीमाथि कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको छ । अब सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईँ हामीलाई सुम्पेको छ । ओली सरकारको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछु,” उनले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ,

हिजो बालुवाटामा बसेको बैठकले खनाल–नेपाल समूहका ११ जनालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । यता, सामाजिक सञ्जालमा भने माधव नेपालले कारवाही अर्थहीन भन्दै ओलीको चर्को आलोचना गरेलगत्तै कतिपयले उनको खेदो खेनिरहेका छन् । उनले जारी गरेको अपीलमा अहिलेसम्मका प्रतिक्रिया हेर्दा ९० प्रतिशत नकारात्मक रहेका छन् । पार्टी छोडेर अर्को पार्टीको व्यक्तिलाई प्रधानमन्त्री बनाउन साथ दिएको भन्दै उनको आलोचना भएको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *