चर्चामा सुहाना , यति ठुली भईन, काठमाडौमा बस्छिन् लाखौ कमाउछिन (हेरौ तस्बिर)

मनोरन्जन समाचार

सन् १९९८ मे ८ मा काठमाडौमा जन्मिएकी सुहाना अहिले २२ बर्षकी भईन । उनी फिल्म निर्माता सुनिल कुमार थापा र नायिका तथा निर्मात्री झरना थापाकी छोरी हुन् । सन् २०१९ मा ‘ए मेरो हजुर-३’ बाट नेपाली फिल्मी क्षेत्रमा नायिकाको रुपमा डेब्यु गरेकी हुन् । सोही चलचित्रबाट उनले ‘न्यु डेब्यु एक्ट्रीसको’ अवार्ड समेत जितिन । अहिले उनकै होम प्रडक्सनमा ‘ए मेरो हजुर ४’ निर्माण भैरहेको छ ।

चलचित्र ‘ए मेरो हजुर ४’ कहिले रिलिज हुन्छ यकिन भन्न नसकिने अबस्था छ । चलचित्र हल कहिलेदेखि खुल्छ भन्ने यकिन नहुनु, चलचित्रको बाँकी छायांकन सुरु गर्न नसक्नु आदि कारणले गर्दा दशैंमा दर्शकमाझ आउने नायिका सुहाना थापाको चहाना पनि पूरा हुन पाएन । हुनत सुन्दरी र शालिन नायिका सुहाना छोटो समयमा नै दर्शकको मन जित्न सफल भैसकेकी छिन् ।

नायिका सुहाना थापा भने आफ्नो दोश्रो काम दर्शकलाई चाँडोभन्दा चाँडो देखाउन पाइयोस् भन्ने चाहन्छिन् । तर उनको सोचाइ पूरा हुन पाएन । कृष्णभक्त नायिका प्रेम र भावनाको कुरा पनि फ्यानसँग सेयर गर्न पछि पर्दिनन् । उनै सुहाना लेख्छिन्–‘के म भावनासँग प्रेम गर्छु ? वा म सत्य पत्ता लगाउने कोसिस गरिरहेको छु ।’ सुहाना आफ्नो मनमा उत्पन्न भएका भावनाको विषयमा कुरा गरिरहेकी छिन् ।

सुहानाले आफ्नो मनमा उब्जिएको प्रेमको भावनाको सत्यता चाँडै पत्ता लगाउन सकून्, सायद उनका फ्यान यही कुराको आशा गरिरहेका होलान् । नायिका थापा सामाजिक संजालमा भने सक्रिय छिन् । सुहानालाई सामाजिक संजालमा कहिले यूरोप, कहिले अमेरिका त कहिले क्यानडा घुमघाममा गएको तस्बिरहरु समय समयमा आफ्ना फ्यानहरु माझ शेयर गरिरहेकी हुन्छिन् ।

यी सबै देशमा पुगेकाले पनि सुहानालाई यी देशसँग लगाव बढेको हुनुपर्छ । उनै, सुहानाले आफूले हरेक दिन तिमीलाई प्रेम गर्न चाहेको भनेर लेखेकी छिन् । नायिका सुहाना थापा डेब्यू चलचित्रबाट नै हिट भइन् । डेब्यू चलचित्र ‘ए मेरो हजुर ३’ले बम्पर कमाई गरेपछि सुहानाको उचाई चुलियो । तर, उनको परिवारले नै उनलाई अहिले अन्य ब्यानरका चलचित्रमा काम गर्ने अनुमती दिएको छैन ।

बरु, चलचित्र नेपालमा सफल भएपछि सुहाना विदेश भ्रमणमा छिन् । उनी, विश्वका विभिन्न देशमा आयोजित चलचित्रको प्रदर्शनमा सहभागी भैरहेकी छिन् । सुहानाको पहिलो चलचित्रमा काम हेरेपछि दर्शकले उनलाई प्रतिक्षा गरिरहेका छन् । सुहानाले पहिलो चलचित्रबाट नै दर्शक र समिक्षकको मन जितेकी थिइन् । उनी, तत्काल बाहिरी ब्यानरका चलचित्रमा काम गर्ने मुडमा त छैनन् ।

उनले जुन चलचित्र बनाएपनि नायिकाको रुपमा सुहाना थापा नै हुनेछिन् । झरना ‘ए मेरो हजुर ४’ निर्माण गरिरहेकी छिन् तर, उनको हातमा ‘भागवत गीता’को स्क्रिप्ट पनि छ । यो स्क्रिप्ट नायक अनमोल केसीले पनि सुनेका छन् । अनमोल यो चलचित्र गर्ने वा नगर्ने दोधारमा छन् । तर, दर्शकले अनमोल र सुहानाको जोडीलाई नै पर्दामा हेर्न चाहिरेका छन् । अनमोलले हुन्छ भनेको खण्डमा झरनाले सुहानाको साथमा ‘भागवत गीता’को सुरुवात गर्नेछिन् ।

‘ए मेरो हजुर ४’ छायांकनको क्रममा नै छ । गत दशैमा रिलिज गर्ने मिति तय भएतापनी कोरोनाको कारणले सम्भव भएन । यस पटक पनि कोरोनाको प्रभाव बढिरहेको छ । त्यसैले यो चलचित्र कहिले रिलिज हुने हो पत्तो छैन । हुनत नेपाली फिल्मी जगत कोरोनाको कारणले नराम्ररी थला परेको छ । पछिल्लो समय कुनै पनि नेलाली चलचित्रहरु रिलिज हुन सकेका छैनन् ।

प्रकाशित मिति २०७८ बैशाख १६ गते बिहिबार ०५:१६

Leave a Reply

Your email address will not be published. Required fields are marked *