कोरोना बिरुद्धको खोप नेपाल ल्याउन ‘हिमानी ट्रष्ट’ ले गर्यो अमेरिकी सांसदहरुसँग पहल।।

राजनीति समाचार

पूर्वयुवराज्ञी हिमानीको जनता प्रति चासो।।कोरोना बिरुद्धको खोप नेपाल ल्याउन ‘हिमानी ट्रष्ट’ ले गर्यो अमेरिकी सांसदहरुसँग पहल।। नेपालको पूर्वयुवराज्ञी हिमानी शाहको नेतृत्वमा संचालन भईरहेको ‘हिमानी ट्रष्ट’ ले नेपालमा कोरोना विरुद्धको खोप ल्याउन पहल शुरु गरेको छ। अमेरिकास्थित ट्रष्टको कमिटीले नेपालमा खोप अनुदानमा लैजान अमेरिकी सांसदहरुसँग लबिङ गर्दै स्थानिय सरकारलाई दवाव दिएको छ।

हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्माको समन्वयमा मे २१ तारिख सिनेटर मार्क वार्नरलाई भेटेर नेपाललाई ७० लाख खोप उपलब्ध गराउने बारेको स्मरण पत्र बुझाइएको थियो। सिनेटर वार्नर डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता मानिन्छन्। सिनेटर वार्नरले यो परिस्थितिमा नेपालका लागि ह्वाईट हाउस सम्म दवाब दिएर सक्दो सहयोग गर्ने बचन दिँदै आफ्नो कार्यालयलाई हिमानी ट्रष्टसंग निरन्तर सम्पर्कमा रहन निर्देशन समेत दिएका छन्।

ट्रष्टले अमेरिकाबाट खोप र भेन्टिलेटरहरु सकेसम्म चाँडो नेपाललाई उपलब्ध गराउन प्रयास गर्दै आएको बताएका छन । उनका अनुसार, अमेरिकी काँग्रेसमा नेपाल ककसका को चेयर तथा सदस्यहरु साथै सिनेटका सदस्यहरुलाई नेपालमा बढिरहेको संक्रमणका बारेमा जानकारी गराउन भेटघाटका लागि अनुरोध गरिएकोमा अमेरिकी तल्लो सदन हाउसका सदस्य तथा नेपाल ककसका अध्यक्ष कंग्रेसम्यान गेरी कन्नोलीको कार्यालयलाई ब्रिफिंग गरिएको थियो।

उनको कार्यालयमार्फत अमेरिकी संसद र सरकार लागि नेपाललाई परेको कठिनाइमा सहयोग गर्न लिखित प्रस्तावसमेत पठाइएको निरौलाले बताए। ट्रष्टले जोन्सोन एण्ड जोन्सोनको खोप नेपाल पठाउनेबारे प्रस्ताव गरेका छ। यही प्रस्तावअनुसार मे १९ मा अमेरिकी कंग्रेसमा सांसद गेरीले भारतलाई सहयोग गर्न प्रस्ताव गर्दा नेपाललाई पनि सहयोग गर्न संशोधन प्रस्ताव पेश गरेको जानकारी आएको निरौलाले बताए। सांसद गेरीको सचिवालयले सो संशोधन प्रस्ताव कंग्रेसबाट पारित भएको जानकारी ट्रष्टलाई दिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *