गायक रामकृष्ण ढकालले गरे महाविर पुनको नेतृत्वमा रहेको राष्ट्रिय आविस्कार केन्द्रलाई १८ लाख सहयोग ।।

समाचार समाज

नेपाली साङ्गितिक क्षेत्रका धरोहर गायक रामकृष्ण ढकालले महाबिर पुनको नेतृत्वमा संचालित राष्ट्रिय अविष्कार केन्द्रलाई रु १८ लाख रकम सहयोग गरेका छन।

उनले अमेरिकामा रहेर त्यहॉ आयोजित भिनिन्न सांगितिक कार्यक्रमबाट संकलन भएको पन्ध्र हजार दुई सय अठासी (१५२८८) डलर अर्थात करिब नेपाली रू १८ लाख रकम राष्ट्रिय आविस्कार केन्द्रको खाता जम्मा गरिदिएका हुन ।उनको नेतृत्वमा रहेर त्यहा स्थित नेपाली दाजुभाई दिदिबहिनीहरुले रकम संकलन गरेर सो रकम सहयोग गरिएको गायक ढकालले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन ।

ओसाङ्गितिक क्षेत्रमा दशकौ बिताएका ढकालले पछिल्लो समय समाजसेवामा बढी चासो देखाएका छन । यसरी राष्ट्रिय आविस्कार केन्द्रलाई सहयोग गर्ने सहयोगिहरु बढिरहेका छन। सबैको आशाको केन्द्र मानिएको आविस्कार केन्द्र कोरोनाको यो परिस्थिति नेपाली जनताहरुलाई विभिन्न तरिका बाट सहयोग गर्दै आएको छ ।
यो पनि पढ्नुहोस…….
पूर्वयुवराज्ञी हिमानीको जनता प्रति चासो।।कोरोना बिरुद्धको खोप नेपाल ल्याउन ‘हिमानी ट्रष्ट’ ले गर्यो अमेरिकी सांसदहरुसँग पहल।।
नेपालको पूर्वयुवराज्ञी हिमानी शाहको नेतृत्वमा संचालन भईरहेको ‘हिमानी ट्रष्ट’ ले नेपालमा कोरोना विरुद्धको खोप ल्याउन पहल शुरु गरेको छ।
अमेरिकास्थित ट्रष्टको कमिटीले नेपालमा खोप अनुदानमा लैजान अमेरिकी सांसदहरुसँग लबिङ गर्दै स्थानिय सरकारलाई दवाव दिएको छ।

हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्माको समन्वयमा मे २१ तारिख सिनेटर मार्क वार्नरलाई भेटेर नेपाललाई ७० लाख खोप उपलब्ध गराउने बारेको स्मरण पत्र बुझाइएको थियो। सिनेटर वार्नर डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता मानिन्छन्।
सिनेटर वार्नरले यो परिस्थितिमा नेपालका लागि ह्वाईट हाउस सम्म दवाब दिएर सक्दो सहयोग गर्ने बचन दिँदै आफ्नो कार्यालयलाई हिमानी ट्रष्टसंग निरन्तर सम्पर्कमा रहन निर्देशन समेत दिएका छन्।
ट्रष्टले अमेरिकाबाट खोप र भेन्टिलेटरहरु सकेसम्म चाँडो नेपाललाई उपलब्ध गराउन प्रयास गर्दै आएको बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *