सर्वाेच्च पुगेका प्रचण्ड-देउवाहरु कारवाहीमा, हुनेभयाे गम्भीर सजाय,

राजनीति

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको संसद विघटनको विरोध गर्दै सर्वाेच्च अदालतमा पुगेको विपक्षी गठबन्धन आफै तनाबमा परेको छ।
कोरोना भाइरसको महामारीले देश आक्रान्त परेका बेला १४६ सांसद सर्वाेच्च अदालत अगाडि पुगेर भेला भएपछि उनीहरु आफै नै कारवाहीमा पर्न सक्ने भएका हुन्।

सरकारकाले यतिबेला सार्वजनीक स्थानमा दुई दर्जन मानिसहरूलाई समेत भेला हुने अनुमति दिएको छैन्। यस्तोमा १४६ जना सर्वाेच्चमा पुग्दा उनीहरुबाट निर्देशनको अवज्ञा भएको स्पष्ट देखिन्छ।

कतिपय मानिसहरुले त कोरोनाले देश आक्रान्त पारेका बेला यसरी सर्वाेच्चमा भेला भएको घटनालाई लिएर सामाजिक सञ्जालमा आलोचना समेत गर्न थालिसकेको छन्।

निकै नै संवेदनशिल अवस्थामा देशकै उच्च न्यायिक अंग अगाडि खुलेयाम सरकारको निर्देशनको अवज्ञा गर्दा उनीहरू कारवाहीमा पर्न सक्ने देखिएकाे हाे।

राष्ट्रपतिको स्वविवेकिय अधिकार अनुसार विघटन भएको प्रतिनिधि सभा पुर्नस्थापना हुन नसक्ने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले स्पष्ट पारिसकेको छन्। तर, अनेकथरि गुटबन्धी बनाएर विपक्षीहरूले प्रधानमन्त्रीविरूद्धकाे षडयन्त्र भने छाेडेका छैनन्।

 ओलीको कारवाहीको सिकार…..

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमनत्री केपी शर्मा ओलीको कारवाहीको सिकार भएका नेता माधवकुमार नेपालले ओलीको कदमको भत्र्सना गरेका छन् । मंगलबार एक विज्ञप्तिमार्फत उनले आफूसहित ११ नेतालाई गरिएको कारबाही औचित्यहीन भएको बताउदै ओलीको चर्को आलोचना गरेका हुन् । “निष्कासन गर्ने कार्य गरिएको भनिएकोमा उक्त कारबाही औचित्यहीन, अनाधिकारिक र अर्थहीन रहेको कुरा स्पष्ट पार्दछु ।

त्यसैले अब हामीमाथि कानुनी, राजनीतिक तथा सडक आन्दोलनबाट प्रतिगामी ओली सरकारलाई बढार्दै मुलुकमा कानुनको राज स्थापना गर्ने दायित्व आइपरेको छ । अब सिंगो कम्युनिस्ट आन्दोलनलाई पुनर्जागरण गरी समाजवादको अभियानमा गोलबन्द गर्ने अभिभारा युगले तपाईँ हामीलाई सुम्पेको छ । ओली सरकारको सर्वसत्तावाद र निरंकुशतालाई परास्त गर्दै संविधान र लोकतन्त्रको रक्षा गर्ने अभियानमा लाग्न आमजनसमुदायमा हार्दिक अपिल गर्दछु,” उनले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *