थप कडाई गर्दै जेठ २० गतेसम्म थपियो काठमाडौं उपत्यकामा निषेधाज्ञा,

Uncategorized समाचार

काठमाडौं। काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा थप एकसाताका लागि लम्बिएको छ ।

मंगलबार कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी भएपछि त्यसमा भएका प्रावधान कार्यान्वयन गर्न आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा जेठ २० गते मध्यरातसम्म कायम रहने निर्णय गरेको हो।

निषेधाज्ञालाई थप कडाई गर्ने र उल्लंघन गरे जरिवान समेत गर्ने गरी जारी गरिएको अध्यादेशको प्राब्धानलाई कार्यान्वनको विषयमा छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बसेको हो।

सरकारले जारी गरेको नयाँ अध्यादेशले निषेधाज्ञा पालना नगर्नेलाई नगद जरिवाना र कैदसम्मको व्यवस्था गरेको छ। नयाँ अध्यादेशको उल्लंघन गर्नेविरुद्ध छ महिनासम्म कैद र तीनलाखसम्म जरिवानाको व्यवस्था गरेको छ।

नयाँ अध्यादेश अनुसार मास्क नलगाई सार्वजनिक स्थलमा हिँड्दा हरेकपटक एक सय रुपैयाँ जरिवाना, मानिसको आवतजावतमा समेत रोक लगाइएको अवस्थामा हिँडडुल गर्दा मात्रै प्रत्येक पटक दुई सय रुपैयाँ, अनुमति विना सवारी चलाएमा दुई पांग्रेको हकमा एकपटकमा दुई सय रुपैयाँ र चार पांग्रेको हकमा पाँच सय रुपैयाँसम्म जरिवाना गराउने व्यवस्था उल्लेख रहेको रहेको छ।

नयाँ अध्यादेश कार्यान्वयनको सवालमा प्रहरीले दुई दिन अघिबाटै चेकजाँचलाई कडाई बनाएको छ । बुधबारबाट झन कडाई गर्ने प्रहरी अधिकारीहरुले जनाएका छन्। उनीहरुले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगर्नेलाई कडा कारवाही गर्ने जनाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *