नयाँ गृहमन्त्रीमा राजेन्द्र महतो, बादल आउट अन्य ९ मन्त्री थप, को को हुन ?

राजनीति समाचार

जेठ ११, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली तत्काल नै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो पक्षलाई सरकारमा सहभागी गराउने तयारीमा जुटेका छन् ।

जसपानिकट विश्वस्त सूत्रले दिएको जानकारीअनुसार प्रधानमन्त्री ओलीले जसपाको ठाकुर पक्षले उठाउँदै आएकाहरु एकपछि अर्को गरेर पूरा गर्दै गएकोले अब सरकारमा सहभागी हुनको लागि स्वयम जसपाका शीर्ष नेताहरु पनि तयार देखिएका छन् ।

सरकारको सिफारिशमा राष्टपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । उक्त अध्यादेशलाई ठाकुर महतो पक्षले स्वागत गरिसकेको छ ।

पछिल्लो समय प्रधानमन्त्री ओलीको कदमलाई जसपाको ठाकुर महतो पक्षले साथ दिँदै आएको छ । कतिसम्म भने ओलीलाई सघाउ पुर्याउनको लागि ठाकुर पक्ष तटस्थ बस्दै आएको छ ।

वैकल्पिक सरकारको नेतृत्व गर्ने अवसर पाउँदापनि ठाकुर त्यसको लागि तयार भएनन् । उनी ओलीसँग आफूहरुको सकारात्मक कुरा भएको भन्दै तटस्थ बस्ने बताउँदै आएका छन् ।

नागरिकतासम्बन्धी अध्यादेश आएपछि अब जसपाको ठाकुर पक्ष सरकारमा जाने बाटो खुलेको छ । प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोले सत्ता सहकार्यको बारेमा गम्भीर छलफल गरेका छन्।

प्रधानमन्त्री ओली जसपालाई दश वटा मन्त्रालय दिन राजी भएका छन् । यसअघि पूर्व माओवादी केन्द्रबाट मन्त्री बनेकाहरुलाई अदालतले पदमुक्त गरेपछि ७ वटा मन्त्रालय ओली आँफैले राखेका छन् ।

ओली सरकारमा राजेन्द्र महतो उपप्रधानमन्त्रीसहित सहभागी हुने चर्चा छ। मन्त्री बन्ने सूचीमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, विमल प्रसाद श्रीवास्तव, चन्दा चौधरी, उमाशंकर अगरिया, राजकिशोर यादव, लक्ष्मणलाल कर्ण, प्रमोद साह, चन्द्रकान्त चौधरी अग्रपंक्तिमा छन् ।

गृहमन्त्रीमा राजेन्द्र महतो

हाल खालि रहेको गृहमन्त्रालय कसले पाउने हो भन्ने विषयमा सबैको चासो छ। जसपाले सरकारमा महत्वपूर्ण भूमिका मागेका कारण गृहमन्त्रालय जसपालाई दिने ओलीको तयारी रहेको बताइन्छ। जसपाका नेता महतो गृहमन्त्री सहित उपप्रधानमन्त्रीको जिम्मेवारी दिने ओलीको तयारी छ।

नागरिकता विधेयक जारी भएकोमा वीरगंजमा दीप प्रज्वलन

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक जारी गरेको खुशीयालीमा वीरगंजमा दीप प्रज्वलन गरिएको छ। जसपाको राजपा घटक नेता कार्यकर्ताहरुले वीरगंजमा दीप प्रज्वलन गरेका हुन्।

जसपाको नगर कमिटी वीरगंजको अगुवाईमा भएको कार्यक्रममा नागरिकता विधेयकले मधेसका ५ लाखभन्दा बढी मधेसीलाई नागरिकता प्रदान गर्ने बाटो खुलेकोले नेपाल सरकारको यो कदम स्वागत योग्य भएको जसपाका केन्द्रीय सदस्य सुरेन्द्र कुर्मीले बताए।

उनले भने, ‘कोरोना महामारीको बेला र राजनीतिक खिचातानीको समयमा केपी ओली नेतृत्वको सरकारले मधेसको घाउमा मलहम लगाउने काम गरेको छ, यो स्वागत योग्य छ।’

उनले नागरिकता विधेयकको लागि जसपाका नेताहरुले भूमिका निर्वाह गरेको भन्दै धन्यवाद व्यक्त गरे। लामो समयदेखि नागरिकता विधेयक जारी नहुँदा लाखौँ मधेसीहरु नागरिकतासँगै शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य प्राथमिक सेवाबाट बञ्चित बनेका थिए।

कतिपयले अदालतमा मुद्दा पनि लडिरहेको अवस्था छ। विद्येयकबाट आमाको नामबाट जन्मसिद्ध नागरिकताधारीका छोराछोरीले नागरिकता प्राप्त गर्नेछन्। नगर कमिटी अध्यक्ष ओमप्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका नेता कार्यकर्ताहरुको सहभागिता थियो।

महन्थ ठाकुरसहित चार नेतालाई जसपाले सोध्यो स्पपष्टीकरण

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठकले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरू सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको कार्यकारिणी समिति सदस्य मोहम्मद इश्तियाक राईले बताए। “पार्टीको निर्णय विपरीत काम गरेकाले केन्द्रीय कार्यकारिणी समिति बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो,” राईले भने।

जसपाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि पहल गर्ने निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाएको चारै नेतामाथि आरोप लगाइएको छ। त्यस्तै, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीको संसद् विघटन गर्ने असंवैधानिक कदममा सहयोग गरेको आरोप जसपाले लगाएको छ।

अध्यक्ष उपेन्द्र महतोको अध्यक्षमा बसेको बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई लगायत उपस्थित थिए। बैठकमा नेता राजेन्द्र श्रेष्ठले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। बैठकमा ३१ जना केन्द्रीय कार्यकारिणी समिति सदस्य उपस्थित थिए। जसपा केन्द्रीय कार्यकारिणी समितिमा ५१ सदस्य रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *