कन्ट्रयाक्ट लिस्टमा नपरेपछी धोनीको क्रिकेट करियर खत्तम ?

खेलकुद

काठमाडौं । भारतीय क्रिकेट टिमका पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनी बीसीसीआईको सेन्ट्रल कन्ट्रयाक्ट लिस्टबाट बाहिरिएका छन् । बीसीसीआईले बिहीबार सार्वजनिक गरेको २७ खेलाडीको कन्ट्रयाक्टमा धोनीको नाम छैन ।

धोनीले पछिल्लो पटक २०१९ मा एकदिवसीय विश्वकप खेलेका थिए । त्यसयता उनले भारतका लागि खेलेका छैनन् । त्यसपछि उनले खेल्ने नखेल्ने बारेमा समेत धेरै बहस भएको थियो । यस्तै सन्यास लिने चर्चा समेत चलेको थियो । २०१९ मा उनी ग्रेड ए मा थिए । जस बापत ५ करोड भारु प्राप्त हुन्थ्यो ।

धोनीसँगै अम्बाटे राएडु, दिनेश कार्तिक र खलिल अहेमदले कन्ट्रयाक्ट गुमाएका छन् । नभदिप सैनी मायांक अग्रवाल दिपक चाहर शार्दुल ठाकुर श्रेयास अयेर र वासिङ्गटन सुन्दरले पहिलो पटक सेन्ट्रल कन्ट्रयाक्टमा इन्ट्री पाएका छन् । पाँचै जना ग्रेड सी मा परेका छन् जसबापत १ करोड भारु पाउनेछन् । लोकेश राहुल ग्रेड बी बाट ए मा उक्लेका छन् ।

ग्रेड ए प्लसमा कप्तान विराट कोहली, ब्याट्सम्यान रोहित शर्मा र बलर जसप्रित बुमराह छन् । यस ग्रेडका खेलाडीले ७ करोड भारु पाउनेछन् । कन्ट्रयाक्ट अक्टोबर २०१९ देखि सेप्टेम्बर २०२० सम्म रहनेछ । ग्रेड ए प्लसमा ३ खेलाडी छन् भने ग्रेड ए मा सर्वाधि ११ खेलाडी छन् । यस्तै ग्रेड बी मा ५ र ग्रेड सी मा ८ खेलाडी छन् ।

धोनीको करियर खत्तम ?

करारमा सामेल भएसँगै धोनीको टीम इन्डियासँगको इनिङ समाप्त भएको छ । तर, जानकारहरु भने धोनी फेरि टीम इन्डियाको हिस्सा हुँदैनन् भनेर भन्न नसके पनि उनी टोलीको दीर्घकालिन योजनामा सामेल छैनन् ।

धोनी एक मात्र कप्तान हुन् जसले आफ्नो कप्तानीमा भारतलाई आईसीसीको तीनै ट्रफी दिलाएका थिए । यसमा सन् २००७ को टी–२० विश्वकप, सन् २०११ को विश्वकप र आईसीसी च्याम्पियन्स ट्रफी रहेको छ ।

धोनीले आफ्नो अन्तर्राष्ट्रिय करियरमा ९० टेस्ट म्याच खेल्दै ४ हजार ८ सय ७६ रन बनाए । उनले यसक्रममा ६ शतक र ३३ अर्धशतक बनाए ।एकदिवसीयमा धोनीले ३५० खेलमा ५० भन्दा बढीको औसतले १० हजार ७७३ रन बनाए । यसमा १० शतक र ७३ अर्धशतक सामेल छन् ।टी–२० मा धोनीले ९८ खेलमा १ हजार ६१७ रन बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *