पार्टीबाटै निकालिएका भीम रावल फेरि चिप्लिए नराम्रोसँग, यसरी मागे माफी

राजनीति समाचार

११ जेठ

एमालेबाट निष्कासनमा परेका नेता भीम रावलले पार्टीबाट निष्कासन गरिएको विषयलाई हास्यास्यापद भनेका छन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष र एमालेलाई उडाउन खोज्दा रावल आफै नराम्रोसँग चिप्लिएका छन् । पार्टीबाट निष्कासन गरिएको विषयलाई हास्यास्पद भन्दै टिप्पणी गर्ने रावलले निषेधाज्ञाको कारण अत्यावश्यक बाहेक सबै सेवा बन्द भएको बेला जिल्ला प्रशासन कार्यालय पर्सामा नागरिकता लिने भारतीयको भिड भन्दै हास्यास्पद अभिव्यक्ति दिएका छन् ।

पार्टीले साधारण सदस्यबाट समेत कारबाही गरेपछि रावलले यसलाई फुटबादको निरन्तरताको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल ट्वीटमा उनले एमालेको कारबाहीलाई अवैध भनेका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान मिचेको तथा संविधानको समेत उल्लङ्घन गरेको उनको आरोप छ ।

त्यति मात्र होइन उनले प्रधानमन्त्रीलाई देशको अस्मिता र अस्तित्वलाई नै आघात पार्ने नागरिकता अध्यादेश ल्याएको आरोप लगाएका छन् । ‘देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ, यो केपी गुटको फुटवाद कै निरन्तरता हो’, रावलले ट्वीटमा लेखेका छन् ।

रावलले अर्को ट्वीट गर्दै वीरगंजमा नागरिकता लिनेको भिड लागेको र त्यसमा भारतबाट आउनेको ठूलो संख्या रहेको समाचार आयो भन्दै अफवाह फैलाउनु भएको छ । कोभिडको कारण निषेधाज्ञा जारी गरी अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा बन्द भएको बेला नागरिकता लिनेको भिड भन्दै उहाँले गलत सूचना दिएका छन् ।

‘केपी ओलीको निषेधाज्ञा जनतालाई घरमा बन्द गरेर नेपाली नागरिकता विदेशीलाई समेत चकलेट बाँडे जस्तै गर्नलाई हो कि नेपाली जनतालाई जवाफ चाहियो, सम्पूर्ण देशभक्त नेपाली राष्ट्र जोगाउन सक्रिय बनौँ’, भन्दै नागरिकलाई उत्तेजित बनाउने ट्वीट उनले गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *