किम कार्दसियन, एउटा फोटो पोष्ट बापत ११ करोड कमाउछिन ।

मनोरन्जन समाचार

सधै चर्चामा रहने अमिरिकी सेलिब्रेटी टिभी स्टार, सुपर मोडल  हुन् । बोल्ड अवतारको कारण सधैं चर्चामा रहने पछिल्लो समय पहिलो पटक फोर्ब्सको अरबपतिको सूचीमा समावेश भएपछी झनै चर्चामा छिन् ।

एक आफ्नो पार्टनर बनाउन चाहनेको सुचिमा किम कयौं हलिउड अभिनेत्रीलाई छाड्दै सूचीको परेकी थिईन । बेलायतमा भने यो नतिजा फरक छ ।

राजकुमार विलियमकी पत्नी तथा क्याम्रिजकी रानी केट मिडल्ट शीर्ष स्थानमा थिइन् । यस्तै अभिनेत्री एम्मा वाट्सन तथा मोडल केली ब्रुक दोस्रो र तेस्रो स्थानमा परेका थिए ।

सामाजिक सञ्जालबाट समेत आम्दानी हुने थालेपछि पछिल्लो समय चर्चित सेलिब्रिटीहरु यसतर्फ आकर्षित हुन थालेका छन्। यसअघि भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ५ करोडको हाराहारीमा रकम लिने गरेको सार्वजनिक भएको थियो।

अहिलेसम्म ६ लाख डलर लिँदै आएको कुरा त रियालिटी स्टार किमको कम्पनीले आधिकारिक रुपमा जनाउँदै आएको छ। अहिले आफ्नो माग बढाएर १० लाख डलर पुर्‍याएको र सोही रकम लिँदै आएपछि उनको चर्चा झनै चुलिएको छ ।

किमले भन्छिन्, ‘कम्पनीले आफ्नो आर्थिक फाइदाका लागि मेरा फोटो प्रयोग गर्न पाउँदैनन्।’ उनले आफूलाई मन नपरेकै कारण धेरै ठूला अफरसमेत छाडेको बताएकी छन्।

हालै फोर्ब्सले सार्बजनिक गरेको बार्षिक बिस्वकै अरबपतिको सूचीमा कार्दशियनको नाम पनि समाबेश भएको छ । यो उनको पहिलो सफलता हो ।

कार्दशियनको गत अक्टोबरमा कुल सम्पत्ति ७८० मिलियन डलर रहेको थियो, जुन बढेर सय करोड पुगेको फोब्स सुचिमा देखाईएको छ ।

इन्स्टाग्राममा एक पोस्ट गरेबापत करौडौँ रकम कमाउने गरेकी चर्चित मोडल तथा रियालिटी टिभी स्टार किम कार्दसियनले यसअधि ३ देखि ५ लाख डलरसम्म लिने गरेको सार्वजनिक समाचार बाहिरिएको थियो ।

पछिल्लो समय भने उनले १० लाख डलर (११ करोड ९ हजार रुपैयाँ) लिने गरेको बताइएको छ। किमले टेलिभिजन कार्यक्रमका साथै बिज्ञापनको सम्झौताबाट पनि आम्दानी गरेकी छिन् ।

यस्तै उनको दुई ठुला बिजिनेस पनि रहेका छन्, जसको सफलताले उनलाई अरबपतिको सूचीमा सामेल गराएको छ । केकेडब्लु कम्पनी जसले मेकअप किटका विभिन्न प्रोडक्ट गर्छ ।

सन् २०१७ मा केकेडब्लु ब्युटी प्रोडक्ट सुरुवात गरेपछी निकै सफलता मिलेको छ । यसका साथै कार्दशियनले २०१९ मा स्किम्स नामको स्टोर पनि खोलेकी थिइन् ।

जसको कारण उनको सम्पतिमा झनै व्यापक वृद्धि भयो । फोर्ब्सको अरबपतिको सूचीमा कार्दशियन २६७४ औ स्थानमा परेकी छन् ।

काइली जेनर कार्दशियनकी सौतेली बहिनी हुन् । उनले मेकअप कम्पनीको शानदार सफलतापछि २०१९ मा सबैभन्दा कान्छी स्व-निर्मित अरबपति बनेकी थिइन् तर फोर्ब्सले पछि उनी वास्तवमा अरबपति नभएर मुल्य बढाएर प्रस्तुत गरेको बताएको थियो ।

सन् २०१४ मा कान्ये वेस्टसंग विवाह गरेकी किमले आफ्नो श्रीमानसंग सम्बन्ध विच्छेदको निर्णय गरेको समाचार यस अघिनै बाहिर आएको थियो । किमले कान्येसंग अलग हुने निर्णय आफैं लिएको बताईएको थियो ।

किम कार्दशियन प्रख्यात सधै चर्चामा रहने अमिरिकी सेलिब्रेटी टिभी स्टार, सुपर मोडल र बिजिनेस वूमन हुन् । उनी बोल्ड अवतार र ड्रेसअपको कारण सधैं चर्चामा रहिरन्छिन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *