भारतमा फेरि अर्को आँधीको चेतावनी, यी दिन सुरक्षित रहनुहोस

समाचार

जेठ ९, काठमाण्डौ
भारतमा फेरि अर्को आँधीको चेतावनी जारी भएको छ ।

अरब सागरमा उत्पन्न भएको ताउ–तो चक्रवातको प्रभाव झेलेको केही दिनमै यास नामको चक्रवात उत्पन्न भएको भारतको मौसम विभागले जनाएको छ ।

बङ्गालको खाँडीमा उत्पन्न हुने चक्रवातले भारतको पश्चिम बङ्गाल र ओडिसा राज्यमा प्रभाव पार्ने राष्ट्रिय विपद् व्यवस्थापन विभागलाई उदृत गर्दै बीबीसीले जनाएको छ । भारतीय गृहमन्त्री अमित शाहले प्रभावित क्षेत्रमा हुने क्षति न्यूनीकरणका लागि सेनालाई तयारी अवस्थामा राखिएको बताउनुभयो ।

भोलि बेलुकासम्म समुद्रबाट उठ्ने आँधी आउँदो बुधवार तटीय क्षेत्रमा ठोक्किने बताइएको छ । पश्चिम बङ्गाल र ओडिसाको तटीय क्षेत्रमा एक सय ६५ किलोमिटर प्रतिघण्टासम्मको गतिमा हावा चल्नुकासाथै ठूलो पानी पर्ने सम्भावना रहेको मौसम विभागलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यास चक्रवातले पार्ने प्रभाव र विपद् व्यवस्थापनका बारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मौसम विभाग र राष्ट्रिय विपद् व्यवस्थापन विभागका पदाधिकारीसँग बैठक गर्दै हुनुहुन्छ ।

पर्यटन विभागका आधार शिविर सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले आधार शिविरबाटै सगरमाथा शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको छ । श्रेष्ठले बाइनाकुलरको माध्यमबाट आधार शिविरमा रहेर शिखरमा भइरहेको आरोहणको अवलोकन गर्नुभएको हो ।

आज एकैदिन धेरै आरोहीहरु गएकाले भीड हुन सक्ने आशङ्का थियो । तर आरोहीहरु पालैपालो गएकाले भीड नभएको श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो ‘हामीले यहाँबाट हेर्दा मानिस हिँडेको प्रस्ट देखिन्छ, खासै भीडभाड छैन।’

बाइनाकुलर भने पर्यटन विभागले व्यवस्था गरेको हैन । निजी क्षेत्रका आरोहीले लगेको बाइनाकुलरबाट शिखरको अवलोकन गरेको श्रेष्ठले बताउनुभयो । प्रस्टसँग देखिने भएकोले आउँदा दिनमा पर्यटन विभागले यस्ता प्रविधिको प्रयोग गर्न सक्नेबारेमा विभागलाई जानकारी गराउने उहाँले बताउनुभयो । यसैबीच आज झण्डै डेढ सय आरोही सगरमाथाको शिखरमा पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *