काठमाडौँ । भारतीय टीमले अस्ट्रेलियाविरुद्ध १७ जनवरी अर्थात् शुक्रवार दोस्रो वान-डे म्याच खेल्दैछ । तर भारतीय टीमलाई खेलअगावै झट्का लागेको छ । भारतीय टीमका विकेटकीपर ऋषभ पन्तले दोस्रो वान-डे खेल्न नपाउन भएका छन् । उनले चोटका कारण दोस्रो म्याच गुमाउने भएका छन् ।
पहिलो म्याच १० विकेटले गुमाएको भारतलाई पन्तको अभाव शुक्रवार खड्कन सक्ने छ । बीसीसीआईले भनेको छ, ‘पहिलो वान-डे म्याचमा हेल्मेटमा बललले लागेर ऋषभ पन्त घाइते भएका थिए ।’ पन्तलाई भारतीय पारीको ४४ औं ओभरमा बलले लागेको थियो ।
भारत : भारत : विराट कोहली (कप्तान), रोहित शर्मा (उप-कप्तान), जसप्रीत बुमराह, शिखर धवन,श्रेयस अय्यर, रवींद्र जडेजा, कुलदीप यादव, मोहम्मद शमी, ऋषभ पंत (विकेटकीपर), लोकेश राहुल, शार्दूल ठाकुर.
अस्ट्रेलिया : ऑस्ट्रेलिया : एरॉन फिंच (कप्तान), एलेक्स कैरी, पैट कमिंस, एश्टन अगर, मार्नस लाबुशैन, केन रिचर्डसन, स्टीव स्मिथ, मिशेल स्टार्क, एश्टन टर्नर, डेविड वार्नर, एडम जाम्पा.