अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपाली टिमको पोखरामा बन्द प्रशिक्षण , मुख्य प्रशिक्षक अझै आएनन्

खेलकुद

काठमाडौं। विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत् अमेरिका र ओमानसँगको शृंखलाका लागि नेपालले बुधबारदेखि बन्द प्रशिक्षण थालेको छ । पोखरा रंगशालामा मुख्य प्रशिक्षक उमेश पटवालबिना नै थालिएको बन्द प्रशिक्षणमा महत्वपूर्ण खेलाडीहरुसमेत उपस्थित छैनन् ।

कतिपय खेलाडीहरु मनमोहन मेमोरियल एमएम कप एकदिवसीय क्रिकेटमा व्यस्त रहँदा प्रशिक्षणमा बोलाइएका २४ मध्ये १७ जनामात्र सहभागी भएका छन् । पटवाल पुस २७ गतेभित्र भारतबाट आइसक्ने भनिएपनि नआउँदा जगत टमाटाले प्रशिक्षण सम्हालिरहेका छन् ।नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबारसम्म पटवाल आइपुग्ने बताएको छ ।

नेपालको प्रारम्भिक टिम

ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, मोहमद आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी, करण केसी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, पारस खड्का, पवन शर्राफ, कमलसिंह ऐरी, रोहितकुमार पौडेल, सोमपाल कामी, सन्दीप जोरा, सुशन भारी, शरद भेषवाकर, सन्दीप लामिछाने, सुभाष खकुरेल, सुनील धमला, कुशल मल्ल, बसन्त रेग्मी, किशोर महतो, लोकेश बम, सुमित महर्जन

Leave a Reply

Your email address will not be published. Required fields are marked *