यस्तो छ, भ्वाइसको ब्याटल राउन्डमा बिबादित बनेका ३ कोचका ३ निर्णय….।

यस्तो छ, भ्वाइसको ब्याटल राउन्डमा बिबादित बनेका ३ कोचका ३ निर्णय….।

Uncategorized

द भ्वाइस अफ नेपाल नेपालको चर्चित रियालिटी शो हो । अहिले यस्को तेश्रो सस्करण चलिरहेको छ । भ्वाइस अफ नेपालको डिजिटल अडिसनमा बिश्वभरि बाट करिव ४० हजार जनाले आबेदन दिएका थिए । जसबाट डिजिटल अडिसन, फिजिकल अडिसन, ब्लाईण्ड अडिसन, ब्याटल राउण्ड हुँदै अहिले नकआउट राउण्ड सम्म आईपुगेको छ ।

यो साताबाट हुने नकआउट राउण्डमा जम्मा ३६ जना प्रतिस्पर्धी पुगेका छन् । अघिल्लो बर्षहरु जस्तै यसपटक पनि भ्वाईस बिबाद रहित भने हुन सकेन । यो बर्ष ब्याटल राउन्ड निकै आकर्षक बन्यो संगसंगै बिबादित पनि बन्यो । यसपटक भने कोचहरुको ३ निर्णय निकै बिबादित बन्न पुग्यो । आज हामी यसै बिषयमा केन्द्रित रहेर चर्चा गर्नेछौ । पहिले सुरु गरौ सबैभन्दा धेरै बिबादित रहेको टिमबाट।

१. कोच प्रमोद-
ब्याटल राउन्डबाट ‘भ्वाईस अफ नेपाल -३’ को यात्रा टुङ्गिए संगै चर्चामा आएको एउटा नाम हो ‘सन्जु मोक्तान’ । डिजिटल अडिसन, फिजिकल अडिसन, ब्लाईन्ड अडिसन हुँदै ब्याटल राउण्ड सम्म आईपुगेकि सन्जुको यात्रा ब्याटल राउन्डबाट अघि बढ्न सकेन ।

ब्लाईन्ड अडिसनमा ‘घर जलेर आज खरानी भो कठै’ गीत गाएर टिम प्रमोदमा परेका रबि गहतराज र ब्लाईन्डमा ‘नसुनेझै गरि मेरो कुराहरु आज फेरी’ बोलको गीत गायर चार वटै कुर्सी घुमाएर रकिङ प्रस्तुती दिएकी सन्जु मोक्तानको ब्याटलमा भेट भयो । ब्याटलमा दुबैको प्रस्तुति निकै आकर्षक रह्यो । दुई होनाहार उत्कृष्ट प्रस्तुतिले कोच प्रमोदलाई नकआउट राउन्डमा कसलाई लैजाने दोधारमा पारिदियो ।

एकजनालाई नकआउटमा लानुपर्ने बाध्याता थियो । कोच प्रमोदले आफ्नो अशिष्टेन्ट संग सल्लाह गरे र सन्जुलाई स्टिल हुने आशा गर्दै रबि गहतराजलाई नकआउटमा लैजाने पक्का गरे । तर सन्जु स्टिलमा परिनन । अन्तत भ्वाईसबाट बाहिरिइन । यस बिषयले कोच प्रमोदको निर्णय निकै बिबादित बन्यो । भने कतिपयले रबि भर्सटाईल सिंगर भएको कारणले सन्जुले राम्रो प्रस्तुति दिएर पनि बाहिरिनु परेको बताए ।

२. कोच राजु-
यस्तै कोच राजु पनि बिबादबाट टाढा रहन सकेनन् । ब्लाईण्ड अडिसनमा ‘बार्ह छोरो तेह्र नाति बुढाको धोक्रो काधै माथी’ गाएर चार वटै कुर्सी घुमाउन सफल भएका कुशल श्रेष्ठ र ‘आमा जो तिमिले बोले जस्तो’ बोलको गीत गाएका सन्दिप राई बिच कडा प्रतिस्पर्धा भयो । सन्दिपले पनि ब्लाईन्डमा ४ वटै कुर्सी घुमाउन सफल भएका थिए ।

ब्याटलमा यो जोडीले ‘नचाहेको होईन तिमिलाई चाहन्थे जुनि जुनिलाई’ गीत गाएका थिए । प्रस्तुति निकै दमदार थियो । कोच तृष्णा, दिप, प्रमोदले दुबैको खुलेर प्रशम्शा गरे । अन्तमा कोच राजुको टिम भएकोले नकआउट राउण्डमा कस्लाई लैजाने भन्ने निर्णय कोच राजुले नै लिनु पर्ने थियो ।

एकछिन कोच राजुले निकै गार्हो महसुस गरे । आँसु पनि खसाले । अन्तत कोच राजुले सन्दिपलाई नकआउट राउन्डमा लैजाने पक्का गरे । कुशल बाहिरने निस्चित भयो । तर कोच कुशललाई कोच दिपले स्टिल गरे । कुशल भाग्यमानी साबित बने । यो निर्णय पश्चात् कोच राजु निकै बिबादित बने । उनलाई आफ्नै टिमको हिरालाई चिन्न नसकेको आरोप लाग्यो ।

३. कोच तृष्णा-
यस्तै कोच तृष्णा पनि बिबादबाट अछुतो भने रहन सकिनन । हुन त रियालिटी शो हरुमा बिबादहरु आईरहन्छन । कोच तृष्णाको डिसिजनले धेरै दर्शकको मन आक्रोशित बनायो । अधिकाश दर्शकहरुले कोच तृष्णाको निर्णय क्षमतामा प्रश्न उठाएका थिए ।

ब्लाईण्ड अडिसनमा ‘मुसु मुसु हासी देउ’ गीत गाएर कोच तृष्णाको टिममा परेका सन्तोष कुमार बानिया र ‘साझको बेला रमाईलो बेला’ बोलको गीत गाएर कोच तृष्णाको टिममा परेकी श्रेया नेपाल ब्याटल राउन्डमा संगै परे । ब्याटल राउण्डमा दुबै जनाले ‘कान्छी हे कान्छी’ गीत गाए । दुबै जनाले नाच्दै गीत गाएको देखेर धेरै दर्शकहरु उत्साहित बने ।

वान्स मोर वान्स मोरको माहोल नै बन्यो । यति मात्र नभएर ३ जना कोच कुर्सी बाट बाहिर निस्किएर छमछमी नाच्न थाले । गीत दुबैको राम्रो थियो । सबै कोचले दुबैको तारिफ गरे ।सन्तोषले भने सबै कोचबाट राम्रो प्रतिक्रिया पाए, प्रसम्सा पाए । अन्तत कुनै एकलाई नकआउटमा लानु नै थियो । कोच तृष्णाले श्रेयालाई छानिन । कोच तृष्णाको यो निर्णय पनि निकै बिबादित बन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *