किङ कोहली हैन इङ्ल्याण्डलाई बिश्कप जिताउने बेन स्टोक्स बने ‘ क्रिकेटर अफ द इयर ‘

खेलकुद

दुबई : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले इङ्ल्यान्डलाई घरेलु मैदानमा विश्वकप क्रिकेट २०१९ को उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका अलराउन्डर बेन स्टोक्सलाई बुधबार आइसिसी वर्ष खेलाडी घोषणा गरेको छ। न्युजिल्यान्डविरुद्धको नाटकीय फाइनलमा अविजित ८४ रन जोडेका स्टोक्सले त्यसको ६ सातापछि अस्ट्रेलियाविरुद्धको तेस्रो एसेज टेस्ट जित्दा अविजित १ सय ३५ रन जोडेका थिए।

स्टोक्सले यो आफ्ना लागि अहिलेसम्मकै ठूलो उपाधि भएको बताएका छन्। ‘चर्चासँगै विशेष उपलब्धि हासिल गर्नु मेरा लागि साँच्चै अविस्मरणीय छ,’ २८ वर्षे स्टोक्सले भिडियो सन्देशमार्फत भनेका छन्। उनले २०१९ मा २० एकदिवसीय खेलमा ७ सय १९ रन जोड्नुका साथै १२ विकेटसमेत लिएका थिए। साथै उनले ११ टेस्ट खेलमा ८ सय २१ रन जोड्नुका साथै २२ विकेट लिएका थिए।

‘यो मेरो एकल सफलताभन्दा पनि समग्र टोलीले हात पारेको सफलता हो। टोलीले साथ नदिएको भए यो सम्भव थिएन। त्यसैले म फेरि पनि टोली सदस्य, प्रशिक्षक र हामीलाई साथ दिने अन्य समर्थकलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

उता, अस्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्स वर्षको उत्कृष्ट टेस्ट खेलाडी चुनिए भने भारतका ओपनर रोहित शर्मा वर्षको उत्कृष्ट एकदिवसीय खेलाडी चुनिए । भारतीय बलर दीपक चहार टी–२० पर्फमेन्स अफ द इयर चुनिए भने अस्ट्रेलियाका मार्कस लाबुसेनले उदयमान खेलाडीको उपाधि हात पारे । स्कटल्याण्डका कायल कोएटजरले वर्षको उत्कृष्ट एसोसिएट क्रिकेटरको उपाधि जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *