ओलीको छक्याउन लागेको राजनीतिमा फेरि नयाँ ट्वीस्ट, माधव नेपाल प्रधानमन्त्री बन्दै !

राजनीति समाचार

७ जेठ, काठमाडौँ
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने संकेत देखिएको छ । संविधानको धारा ७६ ५ अुनसार सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज साँझ ५ बजे सकिदैछ। माओवादी, कांग्रेस र जसपाको एक पक्षले साथ दिने भएपछि उनी प्रधानमन्त्री बन्ने लाइनमा उभिन लागेका हुन।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको विपक्षी दलहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पमा नेपाललाई अघि सार्ने सहमति भएको हो । नेता नेपालले हालसम्म ४० जना एमाले सांसदको हस्ताक्षर गराइसकेका बुझिएको छ ।

उनी एमालेका ४० सांसद, कांग्रेसका ६१ सांसद र माओवादी केन्द्रका ४९ सांसद तथा जसपा उपेन्द्र यादव पक्षका १६ सांसदको समर्थनसहित प्रधानमन्त्री बन्ने लाइनमा रहेका नेपाल निकट स्रोतहरुले दाबी गरेका छन् ।

नेता नेपाल अहिले सिंहदरबारस्थि लेखा समितिको बैठक कक्षमा आफू निकट नेताहरुसँग छलफलमा छन् ।

नयाँ सरकारका लागि विपक्षी गठबन्धनले एक सय ४९ जना सांसदले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपाको बाबुराम–उपेन्द्र पक्षका एक सय ४९ सांसदकाे हस्ताक्षर सङ्कलन भएको छ ।

सङ्कलित हस्ताक्षर लिएर कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउन शीतल निवास पुग्दै हुनुहुन्छ । नयाँ सरकार गठनका लागि एक सय ३६ सांसदको आवश्यकता पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *