माधवको फेरी अर्को धोकाः ओलीलाई विश्वासको मत नदिने, ओलीले पाए सुइँको, सरकार ढाल्न यस्तो योजना

राजनीति

जेठ ४, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने नयाँ रणनीतिका साथ विरोधी गठबन्धन सक्रिय भएका छन् । उनीहरुले ओलीलाई विश्वासको मत लिनबाट विफल पारेर धारा ७६ ५ बमोजिम नयाँ प्रधानमन्त्री बनाउने रणनीति बनाएका हुन् ।

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहका केही नेता यो रणनीतिमा सामेल भएको बुझिएको छ । उनीहरुले ओलीलाई विश्वासको मत लिनबाट विफल पारेपछि धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार निर्माणका लागि राष्ट्रपतिबाट आव्हान हुने संवैधानिक प्रावधान अनुसार बहुमतको हस्ताक्षर जुटाउने रणनीति बनाएका हुन् ।

संविधानको धारा ७६ को उपधारा ५ बमोजिम ओलीलाई प्रधानमन्त्री बन्न नदिने र निरन्तरताको अवसर पनि नदिने गरी नेताहरु रणनीति बनाएर लागेका छन् । उनीहरुले प्रधानमन्त्रीको विकल्पमा केही व्यक्तिहरुको नाम तयार गरेर सहमतिको प्रयास थालिसकेका छन् ।

ओलीविरोधी गठबन्धन बनाउन जनता समाजवादी पार्टीलाई प्रधानमन्त्री दिने गरी सहमति हुने सम्भावना पनि बढेको छ । महन्थ ठाकुर प्रधानमन्त्रीका लागि प्रस्तावित हुनसक्ने बुझिएको छ । यसअघि नै जसपा नेता डा। बाबुराम भट्टराई प्रधानमन्त्री नबनेकालाई बनाएर सहमतिमा अगाडि बढ्न आव्हान गरिसकेका छन् । उनको संकेत महन्थतर्फ नै देखिन्छ ।

नेपाली काँग्रेसका नेता डा।शेखर कोइरालाले पनि महन्थ ठाकुरको नाम प्रस्तव गरेका छन् । काँग्रेसभित्र रामचन्द्र पौडेल समूह ठाकुरको पक्षमा सकारात्मक छ । तर, देउवाले ग्रिन सिग्नल दिएका छैनन् ।

जसपालाई प्रधानमन्त्रीको प्रस्ताव गरेर जाँदा एमालेको माधवकुमार नेपाल समूहको पनि साथ मिल्ने भन्दै काँग्रेस र जसपाको एक पक्ष देउवालाई मनाउन लागेको छ । उनीहरु ओलीको विकल्प खोजिहाल्नुपर्ने पक्षमा छन् ।

जसपा नेता डा। बाबुराम भट्टराईले धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार बनाएर त्यही सरकारले चुनाव गर्नसक्ने औल्याएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि धारा ७६ को उपधारा ५ उल्लेख गर्दै माधव नेपालसँग त्यहीं भेट हुनसक्ने बताएका छन् । यही धारामा ओलीलाई छक्क पार्दै ओलीसँग राजनीतिक युद्ध जित्ने रणनीतिका साथ प्रचण्ड सक्रिय भएका छन् ।

मदन(आश्रितको सपना पूरा गर्न अहंकार, गुटगत र एकताविरोधी प्रवृत्ति त्यागौंस् नेता नेपाल

नेकपा एमालेका नेता माधवकुमार नेपालले जननेता मदन भण्डारी र जीवराम आश्रितको सपना पूरा गर्न भएपनि सबै खालका अहंकार, गुटगत र पार्टी एकताविरोधी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताएका छन् ।

नेता नेपालले देश, जनता र पार्टीप्रति जिम्मेवार भएर क्रान्तिलाई अघि लैजाने सके मात्रै मदन(जीवरामको सम्मान हुने औंल्याएका हुन् । उनले भने,‘देशको संविधान र पार्टीको विधानको सम्मान गर्दै विगतका गल्तिहरुलाई सच्चाएर उहाँहरुले देखाएको बाटोमा हिड्ने प्रण गरौं ।’

२८औं मदन(आश्रित स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली अर्पण गर्दै जारी गरिएको सन्देशमा नेता नेपालले लेखेका छन्,–अहिले कमरेड मदन भण्डारी र जीवराज आश्रितले परिकल्पना गरेको सुन्दर, शान्त, समृद्ध, सामाजिक न्याय र समानतायुक्त नेपालको सपना साकार पार्नका लागि हामी प्रतिबद्ध हुनपर्ने समय आएको छ ।

नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा विकसित जनताको बहुदलीय जनवादले निर्दिष्ट गरेको बाटो ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हाँसिल’ गर्ने कुराबाट भाग्ने वा विचलित हुने छुट हामी कसैलाई छैन ।’

आजको सन्दर्भमा एकताबद्ध, सुसंगठित, अनुशासित, राष्ट्र, जनता र परिवर्तनप्रति प्रतिवद्ध, पार्टी र आन्दोलन पहिलो शर्त भएको औल्याउँदै नेता नेपालले भने, ‘एमालेको विधान, विधि, सिद्धान्त, नीति र आदर्श अनुरुप पार्टी र सरकारलाई अघि बढाउन सकेमात्रै उहाँहरुले देखेको सुन्दर सपना साकार पार्न सक्नेछौं ।’

नेता नेपालले मदन(आश्रितको रहस्यमय दासढुंगा जीप दुर्घटनामा दुःखद् निधन भएको २८ वर्ष बितिसक्दा पनि उक्त घटनाको रहस्य बाहिर नआउनु रघटनासँग जोडिएका अमर लामाको रहस्यमय हत्या हुनुले घटनालाई झनै रहस्यमय बनाएको पनि बताएका छन् । उनले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माग गरेका छन् ।

महामारीको विषम परिस्थितिमा सबैसँग आवश्यक सहकार्य गर्दै सम्पूर्ण शक्ति र संयन्त्र कोरोना विरुद्धको लडाईंमा परिचालन गर्न पनि नेता नेपालले सरकारको ध्यानाकर्षण गराएका छन् । कोरोना महामारीविरुद्ध जारी स्वास्थ्य मापदण्डको कडाईका साथ पालना गर्दै संक्रमणको रोकथाम र नियन्त्रणका लागि स्वयंसेवकीय भूमिका निर्वाह गर्न सिंगो पार्टी पंक्तिलाई अपिल समेत गरे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *