परराष्ट्र मन्त्रीको गृह जिल्लामा १ करोड रकम बिनियोजन। बिपत्तिको बेला यति ठुलो रकम बिनियोजन के का लागि ?? हेर्नुहोस

समाचार

जेठ ३ गते, काठमाडौँ
गुल्मीमा अक्सिजन प्लान्ट स्थापना गर्नको निम्ती एक करोड रुपैया विनियोजन भएको छ ।

गुल्मी जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयबाट १ करोड़ विनियोजन गरिएको गुल्मी क्षेत्र नम्बर १ का सांसद तथा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञावलीले जानकारी दिनुभयो ।

यतिबेला जिल्लामा सक्रिय कोरोना संक्रमित एक हजार नाघिसकेको अवस्थामा अक्सिजनको पनि अधिकतम माग हुने गरेको कारण जिल्लामा अक्सिजन अभियान चलिरहेको छ । पत्रकार महासंघ गुल्मीले पनि अक्सिजन प्लान्ट स्थापना गर्ने गरी अर्थ संकलन सञ्चालन गरिरहेको छ । हालसम्म ५० लाख भन्दा बढी रकम संकलन भएको महासंघले जनाएको छ ।

यस्तै मन्त्री ज्ञावलीले जिल्ला अस्पतालमा ५ बेडको आइसियु स्थापनाका लागि थप रकमको प्रबन्ध गर्न लागिएको समेत बताउनुभयो ।

रुरु, श्रृंगा र जोहांग खैरेनी प्राथमिक स्वास्थ्य केन्द्रका लागि आवश्यक स्वास्थ्य सामग्री पठाउने जानकारी दिदै अक्सिजन प्लान्टको अभियान सञ्चालन गर्ने पत्रकार महासंघलाई धन्यवाद समेत दिनुभएको छ ।

जनमैत्री अस्पतालमा एकजना बिरामी ठेलामा ल्याएको र अस्पतालले गेटबाटै फर्काएको भिडियो भाईरल भएपछी यतिबेला केही गिरोहहरु रबि लामिछानेको चर्को बिरोध गरिरहेका छन् ।

तर वास्तविकता केहो बुझ्न तर्फ धेरै लागेका छैनन, एक प्रत्यक्षदर्शीले भने ”ठेलामा ल्याएका बिरामी भनिएका ब्यक्ति अत्याधिक अल्कोहल सेवन गरेर बेहोस् जस्तै थिए! त्यसपछि अस्पतालका चिकित्सकहरुले अल्कोहल बढि सेवन गरेको मान्छेलाई यहॅा राखिदैन, यो कोभिडका बिरामीहरुका लागि मात्र हो भनेपछि गेटमा उभिएका ६ जना जति युटुबका पत्रकारहरु जनमैत्री अस्पतालले मान्छे भर्ना लिएन भन्दै क्यामरा तेर्स्याउन थाले !” उनले भने

तर ती युट्युबरहरु एकैछिनमा जनमैत्री अस्पतालमा कसरी र किन आए अनि प्रोपागाण्डा मच्चाए, अचम्मै परियो! भ्रम बेचेर हिरो हुनेहरुको कमि रहेनछ यो देशमा।”जनमैत्री अस्पताल विशुद्ध कोरोनाका बिरामिको लागि भएकोले उक्त बिरामिको उपचार सम्भव नरहेकाले फर्काउनु परेको अस्पताल श्रोतले जनाएको छ ।

हाजार गुन लाई यौटइ बैगुनले बिस्तापित पार्छ भनेजस्तै रबि लामिछानेलाई यो दृश्यले विबादित बनाएको छ । भने उनका समर्थकहरुले केही मिडियाका गिरोहहरुले रबि लामिछाने लगाएतलाई बिरोध गर्न कै लागि प्रोपोगन्डा गरि गिराउन खोजेको पनि बताएका छन। झट्ट अरुलाइ आरोप लाइहाल्नु र त्यो ठाउमा बसेर आफुले जिम्मेवारी पुर्ण काम गर्न धेरै कठिन छ, यो बिपत्तिमा पकत्तिको सहज छ भनेर अपर्झट आइ लाग्ने समस्याहरुको समाधान गर्ने चुनैतिहरु हजारौ हुन्छन ! बोल्न र गर्न मा आकाश पातालको फरक हुन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *