कुरा नमिले पछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्न लागेको खुलासा, अब के होला ?

राजनीति समाचार

३ जेठ, काठमाण्डौ
गत बैशाख २७ गते विश्वासको मत नपाएर पदमुक्त भएका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटन गर्ने तयारीमा जुटेका छन् । प्रधानमन्त्री ओली केही दिनमै फेरि विश्वासको मत लिन लागेको र विश्वासको मत नपाए संसद विघटन गरी चुनावको मिति घोषणा गर्न तयारीमा जुटेका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले पनि छिट्टै विश्वासको मत लिने र विश्वासको मत नपाए संसद विघटन भएर मुलुक चुनावमा जाने बताएका छन् ।

उनले सरकारले जेठ १५ गते नै बजेट ल्याउने बताएका छन् । यसपटक प्रि बजेट छलफल नहुने उनको भनाई छ । उनले सरकार नीति तथा कार्यक्रममा जुटिसकेको र छिट्टै पेश हुने पनि विश्वास दिलाए । तर, यसपटक समय नभएकोले प्रि बजेट छलफल नहुने उनले स्पष्ट पारे ।

मन्त्री ज्ञवालीले बजेट पारित हुने दाबी गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी शक्तिबीच एकता हुनु पर्ने बताएका छन्। शनिबार बिहान पार्टीको युवा संगठन वाइसिएल नेपालका नेताहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे भर्चुअल बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

जनयुद्धले स्थापित गरेका परिवर्तनका पक्षधर पूर्वमाओवादी पार्टीहरुबिच एकताको पहल आवश्यक रहेको प्रचण्डले बताए। अध्यक्ष प्रचण्डले पार्टीको सांगठनिक स्वरुप तथा नयाँ संगठनात्मक कार्यविधिमा समावेश गर्न लागिएका कतिपय बिषयहरुमा वाइसिएल नेताहरुसँग गहन छलफल गरेर सुझाव समेत लिने बताएका थिए।

पार्टीमा २० प्रतिशत युवा र ३५ प्रतिशत महिलाको सहभागिता अनिवार्य गर्ने लगायतका संगठनात्मक कार्यविधि निर्माणसँग सम्बन्धित विविध बिषयमा भर्चुअल माध्यमबाट आवश्यक राय सुझावसँगै पार्टीको निर्देशनात्मक प्रशिक्षण सञ्चालन भएको वाइसिएल प्रदेश नं १ का संयोजक कर्म पूलामीले बताए।

पछिल्लो राजनीतिक घटनाक्रम, कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा युवाहरुको भूमिका आदिका विषयमा अध्यक्षबाट विस्तृत जानकारीसहित निर्देशनहरु भएका छन– भर्चुअल बैठकपछि संयोजक पूलामीले भने। त्यस अवसरमा युवाहरुले अध्यक्ष प्रचण्डलाई पार्टी संगठन चलायमान बनाउन साबिकका सबै माओवादी नेता, कार्यकर्ताहरुबीच सांगठनिक एकता र सहकार्य अघि बढाउन सुझाव दिएका पनि संयोजक पुलामीले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेश सल्लाहकार सुर्य थापाले साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्नुपर्ने भन्दैँ आक्रोशित बनेका छन् ।

सल्लाहकार थापाले कोरोना संक्रमणका कारण आईसोलेशनमा भएका बेला एमाले साँसद तथा युवा नेता महेश बस्नेत र उनीबीच फाटो ल्याउने उद्देश्यले गरिएका निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको प्रतिकृया दिएका छन् ।

उनले प्रतिकृया दिँदै भनेका छन्, ‘युगपुरूष प्रचण्ड’ नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ ूश्रद्धाञ्जलिू नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ । बैशाख २७ गते र आज (जेठ २ गते) माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटसजस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गंगीर ध्यानाकर्षण भएको छ ।’

सल्लाहकार थापाले चुनौति दिँदै भनेका छन्, ‘त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु’

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालको नाममा खोलिएको फेसबुक ग्रपमा राखिएका हार्दिक श्रद्धान्जली र सल्लाहकार थापाको नक्कली ट्वीटरमा राखिएको उनको महेश बस्नेतलाई जसपा अध्यक्ष महन्थ ठाकुरसहितका साँसदहरुलाई अपहरण गरिएको भन्ने झुटो ट्वीटको बिषयमा अनुसंधान र कारबाही गर्न नेपाल प्रहरी साईबर ब्यूरोलाई साईबर कानूनअनुसार ट्वीटमार्फत निबेदन समेत दिएका छन् ।

उनको प्रतिकृया जस्ताको तस्तैः म आइसोलेसनमा रहेका बेला कतिपय यस्ता निकृष्ट र अपराधिक कार्यहरू गरेको पाएर आश्चर्यचकित भएको छु । ‘युगपुरूष प्रचण्ड’ नामक ग्रुपबाट नै म जिंउँदो मान्छेलाई दुष्ट नियतका साथ ‘श्रद्धाञ्जलि’ नै दिइएको देख्दा अपराधीहरूको कुकृत्य र मुहान झनै छर्लङ्ग भएको छ । बैशाख २७ गते र आज ९जेठ २ गते० माननीय महेश बस्नेतलाई विवादमा तान्नेगरी फोटोसप गरेर मेरो स्टाटसजस्तैगरी मेसेन्जरमार्फत व्यापक शेयर गरिरहेको गिरोहको अपराधपूर्ण कार्यप्रति पनि गंगीर ध्यानाकर्षण भएको छ ।

त्यस्ता तत्वहरूलाई तथ्यको आधारमा प्रतिष्पर्धा एवं तर्कको सामना गर्न म चुनौति दिन चाहन्छु । साथै, साइवर कानुन कार्यान्वयनको क्षेत्रमा कार्यरत राज्यका संयन्त्रहरूलाई आफ्नो कर्तव्य निर्वाह गरी दोषीहरू उपर कडा कारबाही गर्न विशेष जोड दिन चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *