२ दिन अघिमात्रै सपथ लिएका यी ७ मन्त्रीको पद धरापमा, उठ्यो यस्तो गम्भीर प्रश्न ?

राजनीति

३ जेठ
प्रतिनिधि सभाको सांसद नरहेका व्यक्तिलाई पुनः मन्त्रीमा नियुक्त गरिएको भन्दै सर्वोच्चमा रिट निवेदन परेको छ।

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली, अधिवक्ताहरु लोकेन्द्र ओली र सन्तोष भण्डारीले संवैधानिक प्रश्न उठाउँदै रिट निवेदन दिएका हुन्।

यसअघि नै मन्त्री रहेका ७ जनालाई संसद नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः मन्त्री नियुक्त गरेका छन्।

संविधानको धारा ७८ अनुसार संघीय संसदको सदस्य नभएको व्यक्ति बढीमा ६ महिनासम्म मन्त्री हुन पाउने र त्यो अवधिमा सांसद नभएमा स्वतः पदमुक्त हुने व्यवस्था छ।

त्यो संसद् रहेसम्म यस्ता व्यक्तिलाई पुनः मन्त्री नियुक्त गर्न नसकिने कानुनी व्यवस्था छ।

तर प्रधानमन्त्रीले पटक–पटक सांसद नरहेका व्यक्तिलाई नै मन्त्रीमा नियुक्त गरेको भन्दै बदर गर्न माग गरिएको अधिवक्ता भण्डारीले जानकारी दिए।

माओवादी छाडेर एमालेमा आएका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, गौरीशंकर चौधरी र दावा तामाङलाई ओलीले फेरि मन्त्री नियुक्त गरेका छन्

सोमबार दर्ता हुने रिट निवेदनमाथि मंगलबार सुनुवाइ हुने सम्भावना छ ।

यता संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओली विवादमा आएका छन् । ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ।

अधिवक्ता चन्द्रकान्त ज्ञवाली र अधिवक्ता सन्तोष भण्डारीले दर्ता गर्न ल्याएका दुई छुट्टाछुट्टै रिटमा प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भएकाले बदर गर्न माग गरिएको हो।

भण्डारीको रिटमा पुर्‍याउनु पर्ने रित पूरा नभएको र ज्ञवालीको रिट अध्ययनकै क्रममा रहेकाले आज दर्ता गर्न नसकिएको सर्वोच्चको रिट महाशाखाले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए।

‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए।

 

प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन्। ओलीले भने ुयो पर्दैनु भन्दै शपथग्रहण अगाडि बढाए। उनको त्यस्तो जवाफ सुनेर राष्ट्रपति हाँसेकी थिइन्।

 

त्यसपछि ओलीले शपथमा प्रयोग भएको ुईश्वरु भन्ने शब्द पनि उच्चारण गरेनन्।

 

शपथ ग्रहणका वाक्यांश जानाजान छुटाएर प्रधानमन्त्री ओलीले शपथको गरिमा लत्याएको र राष्ट्रपतिको समेत मानमर्दन गरेको एक पूर्वप्रधानन्यायाधीशले बताए।

 

अहिले प्रधानमन्त्रीले लिनुपर्ने शपथको भाषा यस्तो हुन्छ, ुम केपी शर्मा ओली, मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि, ईश्वर, देश र जनताका नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली जनतामा निहित रहेको नेपालको संविधानप्रति पूर्ण वफादार रहँदै प्रधानमन्त्री पदको कामकाज प्रचलित कानुनको अधिनमा रही, मुलुक र जनताको सोझो चिताई, कसैको डर नमानी, पक्षपात नगरी, पूर्वाग्रह वा खराब भावना नलिई, इमानदारिताका साथ गर्नेछु र आफ्नो कर्तव्य पालनाको सिलसिलामा जानकारीमा आएको कुरा पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै अवस्थामा पनि प्रचलित कानुनको पालना गर्दाबाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा संकेत गर्ने छैन।’

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *