हाम्रोटिम नेपाल रातदिन समाजसेवामा तल्लिन। महावीर, भिम, रबि, ईशा, ज्ञानेन्द्रको टिम अक्सिजनको खोजिमा।।

समाज स्वास्थ्य

‘गरे के हुदैन’ ?भन्ने उखान यति बेला हाम्रो टिम नेपालले निरन्तर रुपमा अक्सिजन बितरण गरेर चरितार्थ गर्दै छ । जतिबेला बिपत्ती आउँछ त्यतीबेला नै हाम्रो टिम नेपालले सहयोगी हात अगाडि बढाउदै भगवान बनेर उभिएको छ ।

पहिलो चरणको लकडाउनमा पनि काठमाण्डौका विभिन्न ठाउबाट निशुल्क खाना बितरण गरि जनताको भोको पेट भर्न निरन्तर लागि रहेको हाम्रो टिम नेपाल यति बेला भने रातदिन अक्सिजनको जोहोमा लागिरहेको छ ।

अक्सिजनको अभावमा छटपटाएर कोहि नेपालिले ज्यान गुमाउनु नपरोस् भनेर विभिन्न संघसंस्था यतिबेला विश्वभरी बाट जुटिरहेका छन।
रबिलामिछाने, भिम उपाध्यक्ष, महाबिर पुन, ईशा गुरुङ, ज्ञानेन्द्र शाही, हेमराज थापा लगाएतको टिम भोकतिर्खा नभनी अक्सिजन जुटाउन देखि लिएर बितरण गर्न लागिरहेका छन ।
आईतबार हाम्रो टिम नेपालले पत्रकार महासंघ लाइ ३ थान, नेपाल मेडिकल कलेज १ थान, ग्रीन सिटि १ थान र सुकेधारा १ थान गरी जम्मा ६ वटा अक्सिजन सिलिण्डर बितरण गरेका छ । हाल सम्म हाम्रो टिम नेपालले अस्पताल लगायत मेडिकेयर होम सहित १९५ वटा कोभिड बिरामीहरू लाइ बचाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *