सरकारले नसकेको काम बेलायतबासी नेपालीले गर्ने, हेर्नुहोस् सवा करोडको यस्तो सामग्री सहयोग गर्दै

समाचार

२ जेष्ठ, लण्डन
नेपाली दूतावास लण्डनको संयोजनमा बेलायतस्थित नेपाली समुदायले सहयोग संकलन थालेका छन् । शनिवार साँझ भर्रचुअल माध्यमद्वारा यहाँस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको संयूक्त बैठकले नेपालमा तत्काल सहयोगको लागि अभियान सुरु गर्ने निर्णय गरेको हो ।

विभिन्न संघसंस्थाका पदाधिकारीहरुले झन्डै सवा करोड रुपियाँ सहयोग गर्ने वाचा गर्दै उक्त रकमबाट १ सयवटा अक्सिजन कन्सन्ट्रेटर मशिन किनेर नेपाल पठाउने घोषणा गरेका छन्। पहिलो चरणको छलफलमै ६४ वटा अक्सिजन कन्सन्ट्रेटर मशिनको प्रतिबद्धता आएको छ ।

करिब १ सय भन्दा बढी प्रतिनिधीहरुको उपस्थितीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीले नेपालमा तत्काल दुईवटा प्राथमिकता लिएर सहयोग गर्न सकिने बताए । उनले कोभिड उपचारको लागि अक्सिजन कन्सन्ट्रेटर उपकरण तत्तकाल आवश्यक रहेको जानकारी दिए ।

उनले गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच सहकार्य गरेर अघि बढ्न सकिने बताए । उनले गैरआवासीय नेपाली संघ यूकेले बेलायतवासीको तर्फबाट पहिलो चरणमा अक्सिजन कन्सरट्रेसर पठाउन अनुरोध गरे । रेग्मीले नेपालमा स्वास्थ्य सामग्री पठाउन परे आवश्यक हवाई चार्टड समेत गर्न सकिने जानकारी दिए ।

गैरआवासीय नेपाली संघका सल्लाहकार कुल आचार्यले यो महामारी देशलाई सेवा गर्ने अवसर भएको बताए । उनले नेपालमा अहिले अस्पतालमा अक्सिजनको अभाव हुंदा राम्रो उपचार हुन नसकेको भन्दै सबैलाइ कांधमा कांध मिलाएर देशको सेवामा लाग्न आग्रह गरे । उनले नेपालमा खोप लैजान सबै पक्षलाइ आआफ्नो स्थानबाट पहल गर्न आग्रह पनि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *