बिपत्तिको बेला विश्वभरबाट जुट्दै नेपाली।।गाँस काटेर खाडिबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाईयो।।पढ्नुहोस कुन देशबाट कति सहयोग भयो?

स्वास्थ्य

१ जेष्ठ २०७८, शनिबार
काठमाडौं । वैदेशिक रोजगारका लागि खाडी मुलुका विभिन्न देशमा रहेका नेपाली श्रमिकहरुले ५ सय ६० थान अक्सिजन सिलिन्डर नेपाल पठाएका छन्।

नेपालमा पछिल्लो समय कोरोना संक्रमितको अवस्था बिकराल रुपमा बढ्दै गइरहेको र अक्सिजन अभाव भएसँगै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुले आफ्नो खानाको गाँस काटेर रकम संकलन गरि नेपाल सरकारलाई शनिबार ५ सय ६० अक्सिजन सिलिन्डर पठाएका हुन् ।

खाडी मुलुक यूएई,कतार,ओमन,साउदी अरब,कुवेत, बहराइनमा कार्यरत नेपाली श्रमिकहरुले व्यक्तिगत रुपमा रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका हुन।

शनिबार स्थानीय समय अनुसार दिउँसो साढे दुई बजे ओमन अन्तराष्ट्रिय विमानस्थलबाट ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा अक्सिजन सिलिन्डर पठाईयो।
अक्सिजन सिलिन्डर नेपाल एयरलाइन्सको वाइड बडीले नेपाल ल्याएको छ ।
राजदूत पराजुलीले कोरोनाले निम्त्याएको विपत्तिको घडीमा नेपाली श्रमिकले सहयोग गरेको भन्दै खुसी व्यक्त गरेकी छन्। साथै, खाडी मुलुकमा कार्यरत सम्पूर्ण नेपाली श्रमिकलाई धन्यवाद दिँदै एनआरएनए मध्यपूर्वलाई विशेष आभार प्रकट गरिन् ।

शनिबार पठाइएको ५ सय ६० थान अक्सिजन सिलिन्डर राती नै नेपाल एयरपोर्ट आइपुग्ने र आईतवार नेपाल सरकारलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *