भ्वाइस अफ नेपाल सिजन ३ को उपाधी कोच प्रमोदको दाउमा पर्ने संकेत।।को बन्ला त बिजेता?हेर्नुहोस ‘शो’ को नियम।

मनोरन्जन

,नेपालको चर्चित रियालिटी शो द भ्वाईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्ड सनिवार सकिएको छ।
डिजिटल अडिसनबाट शुरु भै ब्लाईण्ड अडिसन हुँदै ब्याटल राउन्ड सकेर भ्वाइसले धेरै राम्रो प्रतिभा भएका प्रतिस्प्रधीलाई यसपटक नक आउट चरणमा प्रवेश गराएको छ ।
शो को नियम अनुसार केही उत्कृष्ट प्रतिस्प्रधीलाई भने ब्याटल राउन्डबाट भ्वाइसले बिदाई गरेको छ ।
यो संगै भ्वाइस अफ नेपाल सिजन ३ को उपाधी कसको टिमले चुम्छ भनेर सबैको मनमा खुल्दुली बढिरहेको छ ।

सयौं प्रतिस्प्रधीको बिचबाट जम्मा जम्मी ४८ जनाले ब्लाईण्ड अडिसनमा प्रवेश पाएका थिय जसमध्ये प्रत्यक कोचबाट ८/८ जना र १/१ जना ‘स्टिल’ गरि जम्मा जम्मी ३६ जनाले नकआउटमा प्रवेश गरेका छन ।
अब नकआउट चरणबाट प्रत्येक कोचका ३/३ जना गरि जम्मा १२ ले मात्रै अर्को राउन्ड लाईभ राउन्डमा प्रवेश पाउनेछन र यहाँबाट पब्लिक भोटिङ खुल्ला हुनेछ।

जसबाट उत्कृष्ट भोटिङ पाउने प्रत्येक कोचका १/१ जना अन्तिम राउन्ड अर्थात फाईनल राउन्डमा प्रतिस्पर्धा गर्ने छन र ती ४ जना मध्य १ जना द भ्वाइस अफ नेपाल सिजन ३ को बिजेता बन्ने छ ।

को बन्ला त बिजेता??
यसपटक सबै टिम जितको दाउमा देखिन्छन् । कोच तृष्णा, कोच राजु, कोच दिप र कोच प्रमोदले आफ्ना प्रतिस्प्रधीहरुलाई जिताउने दाउमा छन र प्रतियोगी पनि एकदम लागि परि रहेका छन। हेरौ यसै भन्न सकिँदैन यसपालिको उपाधी कसको पोल्टामा पर्ने हो ?
भ्वाइसको ब्याटल राउन्ड केही विवादित बनेपनी आशा गरौ अबका राउन्डमा भ्वाईसले त्यो समस्या सामना गर्न नपरोश शुभकामना सबै टिमलाई।
भ्वाइसको यो तेश्रो सस्करणमा प्रमोद खरेल, दिप श्रेष्ठ, राजु लामा र तृष्णा गुरुङ कोच रहेका छन् । उत्कृष्ट प्रतिभा, प्लेटफर्मले गर्दा भ्वाइस अफ नेपाल निकै चर्चित बनेको हो । यहाँ गयर आफ्नो प्रस्तुति राख्न लाखौ युवाको धोको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *