सहमती हुनैलाग्दा प्रधानमन्त्रीका सल्लाहकारको यस्तो टिप्पणी गरे पछि झस्कियो नेपाल समूह, अब के गर्ला ?

राजनीति समाचार

१ जेठ
प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्री तथा अध्यक्ष ओली माधव नेपालसँगको सहमति गर्दा ब्याक भएको भन्न नमिल्ने टिप्पणी गरे ।

बरु, नेता नेपालहरुले एमालेमा फर्कने भनेर रियलाईजेशन गरेकोले सहमति भएको उनको भनाई छ । उनले नेपाल पक्षसँग ०७५ जेठ २ गते फर्कने भनेर सहमति नभएको पनि जिकिर गरे ।

त्यस्तै, फागुण २८ गतेको निर्णय र त्यसपछिका बैठकका निर्णयपनि कुनैपनि हालतमा फिर्ता नहुने दाबी गरे । हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले दलहरुसँग विश्वासको मत मागिरहेको बताउँदै विश्वासको मत नपाए मुलुक चुनावमा जाने दाबी गरेका छन् । प्रधानमन्त्री ओलीले अब संसदमा विश्वासको मत नपाए मुलुक निर्वाचनमा नै जाने उनको भनाई छ ।

उनले जनता समाजवादी पार्टी, नेपाललाई सरकारमा ल्याउनको लागि प्रयत्न भैरहेको पनि सुनाए । माधव नेपाल पक्षधर नेताहरुले अब एमालेमै फर्कने भनेर रियलाईजेशन गरेकोले नै सहमति भएको उनको टिप्पणी छ ।

यता नेकपा एमालेका प्रभावशाली युवा नेता गोकर्ण विष्टले २०७५ जेठ २ गतेको अवस्थामा फर्किएर पार्टीको समस्या समाधान गर्नेबारे सहमतिमा पुगिएको बताएका छन् । सिंहदरबारमा शुक्रवार भएको छलफलमा सहभागि नेता विष्टले जेठ २ मा फर्किने सहमति भएको बताएका हुन् ।

‘जेठ २ मा फर्किएर पार्टीको समस्या समाधान गर्ने सहमति भएको छ, त्यसको लागि कार्यदल बनाएर मोडालिटी बनाउने सहमति भएको छ’ विष्टले भने । माधव नेपाल पक्षले जेठ २ गतेमा फर्किने विषयलाई बटमलाइन बनाउँदै आएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा साझ साढे ६ देखि राति साढे ९ बजेसम्म शीर्ष नेताहरुबीच छलफल भएको थियो । वार्तामा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, बरिष्ठ नेता माधव नेपाल लगायत सहभागि थिए ।

कार्यदलबारे भोलि बिहान दुइ शीर्ष नेताहरुबीच बसेर सदस्यहरुको टुंगो लगाउने विष्टले जानकारी दिए । शुक्रवारको वार्तामा संस्थापन पक्षको तर्फबाट रामबहादुर थापा पनि सहभागि थिए ।

‘आज सौहार्दपूर्ण वातावरणमा छलफल भयो, पार्टीलाई एकताबद्ध बनाउने विषयमा छलफल भयो’ बैठकपछि नेता रघुजी पन्तले भने ।

छलफलमा एमाले महासचिव इश्वर पोखरेल, संगठन विभाग प्रमुख विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, विष्णु रिमाल तथा नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल सहभागि थिए ।

ओली र नेपालबीच बिहीवार भएको छलफल पछि एमाले विवाद सहमति उन्मुख भएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *