राप्रपाको यस्तो निर्णय पछि एमालेमा ल्यायो तरङ्ग, ओली र थापा बिच भयो यस्तो सहमति

Uncategorized

१ जेठ
राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राष्ट्रिय सभामा रिक्त एक सिटका लागि हुन लागेको निर्वाचनमा नेकपा–एमालेका उम्मेदवार रामबहादुर थापालाई मत दिन राप्रपा नेताहरुबीच समझदारी भएको छ।

त्यसबारे औपचारिक निर्णय नभए पनि आज भएको अध्यक्षत्रय कमल थापा, पशुपति शमसेर राणा र डा। प्रकाशचन्द्र लोहनीसहित शीर्ष नेताहरुको बैठकमा सो समझदारी बनाइएको छलफलमा सहभागी एक नेताले बताए।

‘औपचारिक निर्णय गरिएको छैन तर एमालेकै उम्मेदवार थापालाई नै भोट दिने भनी तीन अध्यक्षसहितको शीर्ष नेताहरुको बैठकमा समझदारी भएको छ,’ ती नेताले भने, ‘सम्भवतः यो निर्णयमा कुनै परिवर्तन नहोला।’

गृहमन्त्री समेत रहेका थापा वागमती प्रदेशबाट माओवादी उम्मेदवारको रुपमा राष्ट्रिय सभामा निर्वाचित भएका थिए। थापाले माओवादी दल त्याग गरेपछि सो पद रिक्त भएको हो।

सोहि रिक्त पदमा जेठ ६ गते निर्वाचन हुन लागेको हो।

उनी अहिले एमाले पार्टीमा छन्। एमालेले रिक्त सो पदमा उनैलाई उम्मेदवार बनाएको छ भने नेपाली कांग्रेस र माओवादी केन्द्रले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएको छ

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले आफ्नै पार्टीका कृष्णबहादुर तामाङलाई उम्मेदवार बनाएको छ।

वागमती प्रदेशमा राप्रपाका दुई प्रदेश सांसद रिता माझी र रिना गुरुङ र धादिङको रुबी भ्याली गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष मतदाता छन्। उनीहरुको मतभार १ सय ३२ हुन्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बन्नबाट रोक्ने देखि नयाँ दल निर्माणसम्मको रणनीतिमा माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहमत भएका छन् । आज तीन नेता बसेर यस्तो सहमति बनाएका हुन् ।

विश्वस्त स्रोतका अनुसार आफ्नो समूहका २० प्रत्यक्ष निर्वाचित सांसदसहित २८ जनाको राजीनामा भोलि नै गर्ने र नयाँ दल दर्ताको प्रक्रियामा जाने सहमति समेत नेतात्रयले गरेका छन् । राजीनामा पत्र तयार भइसकेको र भोलि दर्ता गरिने बुझिएको छ ।

ओलीलाई पुनः प्रधानमन्त्री बन्नबाट रोक्नका लागि नेपाल, खनाल र गौतम बसेर कठोर कदम चाल्ने निष्कर्षमा पुगेको स्रोतले रिपोर्टर्स नेपाललाई जानकारी दियो । उनीहरुले भावी रणनीति समेत तयार गरेका छन् ।

नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग राजनीतिक लेनदेन देखि भद्र सहमति गरेपछि खनाल र गौतमलाई ब्रिफिङ गरेका थिए । सहमति अनुसार प्रत्यक्षतर्फ राजीनामा दिने सांसदहरुलाई उपनिर्वाचनमा गठबन्धनको साझा उम्मेदवार बनाउने, सरकारमा ६ जना मन्त्री पाउने र चुनावी सरकारको नेतृत्व माधव नेपालले गर्ने विषय मुख्य छन् । सहमतिमा खनाल र गौतम सहमत भएपछि अगाडि बढ्ने निर्णय लिएका हुन् ।

नेतात्रय बसेर नयाँ दलको खाका समेतलाई लगभग अन्तिम रुप दिएका छन् । नयाँ दलको नाम नेपाली कम्युनिस्ट पार्टी वा नेकपा समाजवादी हुनेछ । अध्यक्षमा माधवकुमार नेपाल र बामदेव गौतम रहनेछन् । झलनाथ खनाललाई विशेष सम्मानित पद दिइनेछ ।

यसअघि २८ वैशाखमा रिपोर्टर्स नेपाल माधव नेपाल समूहको सम्भावित नयाँ दलको खाका तयार शिर्षकमा नयाँ दल खोल्न तयार गरिएको खाकाको खुलासा भएको थियो । दलको चुनाव चिन्ह सुर्य चिन्हभित्र पाँचवटा तारा राखेर मागिने तयारी भएको छ । जनताको बहुदलीय जनवाद नै पार्टीको सिद्धान्त रहनेछ ।

महासचिवमा भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमध्ये दुईजनालाई राख्ने, उपमहासचिवमा गोकर्ण बिष्ट र योगेश भट्टराई रहने गरी तयारी भएको छ ।

७ उपाध्यक्ष र ७ सचिव रहने र अधिकांश युवाहरुलाई स्थान दिने तयारी भएको छ । महिलालाई पदाधिकारीमा बढी स्थान दिने गरी तयारी भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *