त्रिवीको परीक्षा अनलाइन माध्यमबाट हुनुपर्नेमा जोड, तपाईलाई कस्तो लाग्छ ?

समाचार

१ जेठ
भर्चुअल माध्यमबाट कोरोना महामारीमा त्रिभुवन विश्वविद्यालयमा अनलाइन कक्षा र परीक्षाु बिषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।

त्रिभुवन बिश्वबिद्यालय स्कुल अफ डेमोक्रेसी द्वारा आयोजित उक्त कार्यक्रममा त्रिबि रेक्टर प्राडा शिव लाल भुसाल, शिक्षा संकाय डिन प्राडा चित्र बहादुर बुढाथोकी, ब्याबस्थापन संकाय डिन प्राडा डिल्ली राज शर्मा र मानबिकी र समाजशास्त्र संकाय डिन प्राडा कुशुम शाक्यले आफ्ना धारणा राखेका छन् ।

नेविसंघ त्रिभुवन बिश्व विद्यालय अध्यक्ष सम्झना केसि, नेविसंघ शंकरदेव क्याम्पस ईकाई सचीव मदन राज उपाध्याय, नेविसंघ पाटनका नेता रमेश कुँवर लगायतले कार्यक्रममा आफ्ना धारणा राख्दैँ उनीहरुले महामारीका कारण अन्यौलतामा रहेका विद्यार्थीहरुको अनलाइन परिक्षा सञ्चालन हुनुपर्छ अर्थात आन्तरिक मुल्यांकनका आधारमा हुनुपर्छ भन्नेमा जोड दिएका थिए ।

कार्यक्रमको सहजीकरण स्कुल अफ डेमोक्रेसी त्रिवीका अध्यक्ष बिष्णु बडेलाले गरेका थिए । उक्त कार्यक्रममा देशै भरिबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

रेक्टर र डिनहरुले विद्यार्थीको धारणा प्रस्ट रुपमा बुझेको र जतिसक्दो चाडो विद्यार्थीहरुका माग सम्बोधन गर्ने गरी कुराहरु पदाधिकारी बैठकमा राने र विद्यार्थीहरुलाई सहज हुनेगरी निर्णय लिने प्रतिबद्धता जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *