राष्ट्रपतिलाई त्यो पर्दैन भनेका प्रधानमन्त्री ओलीले फेरि सपथ लिनुपर्ने, यस्तो छ व्यबस्था

राजनीति समाचार

१ जेठ, काठमाण्डौ
राष्ट्रपतिसँग सपथ लिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ विवादित र आलोचित बनेको छ । शुक्रबार शीतल निवासमा सपथ लिने क्रममा ओलीले सपथ विगारेका हुन् ।

सपथ विगारेपछि सामाजिक सञ्जालसहित समाचारहरूमा ओलीको आलोचना भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी सपथका क्रममा ओलीका सामु निरिह बनेको भनेर सबै आश्चर्य चकित परेका छन् । ओलीले प्रधानमन्त्रीका रुपमा सपथ लिँदा राष्ट्रपति भण्डारीसँग गरेको व्यवहार असहज भनेर टिप्पणी भएका छन् ।

भण्डारीले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु‘’ भन्दै थिइन् । ओलीले भण्डारीलाई बीचमा रोक्दै त्यो पर्दैन भनेर अपमान गरेका छन् ।

सपथका क्रममा ओलीले ‘मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठ पूर्वक’ सम्ममात्रै भनेका छन् । ओलीले सपथमा ‘प्रतिज्ञा गर्छु’ भनेका छैनन् ।

ओलीले राष्ट्रपतिको पदीय मर्यादालाई ‘त्यो पर्दैन’ भन्दै टारेर ट्रोल बनेका छन् । ओलीको भनेको ‘त्यो पर्दैन’ भन्ने भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ओलीको कुरा सुनेपछि राष्ट्रपति भण्डारीले हाँस्दै सपथका अन्य शब्दहरु अगाडि बढाएकी थिइन् ।

ओलीले कम्युनिस्ट प्रधानमन्त्रीका रुपमा शुक्रबार तेस्रो पटक सपथ लिएका छन् ।

वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले ओलीलाई प्रधानमन्त्री पदको सपथ पुनः लिन सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *