एमालेलाई बधाई दिंदै नारायणकाजी भन्छन्, अब माओवादीले अरूको विरोधमा समय खेर फाल्नु हुँदैन

राजनीति समाचार

बैशाख ३१, काठमाण्डौ
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अब माओवादी केन्द्रले अरूको विरोधमा समय खेर फाल्न नहुने बताउनुभएको छ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको विवाद समाधानतिर गइरहेका बेता नेता श्रेष्ठले शुक्रवार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो बताउनुभएको हो ।

उहाँले लेख्नुभएको छ, ‘हाम्रो पार्टी र अन्य कम्युनिस्ट क्रान्तिकारीहरू, मुख्यतस् हाम्रो पार्टी नेकपा ९माओवादी केन्द्र ० ले अब प्रतिक्रियात्मक भएर अरूको विरोधमा समय खेर फाल्नु हुँदैन । देशभक्ति, क्रान्तिनिष्ठता, सिद्धान्तनिष्ठता र जनसेवालाई आत्मसात् गर्दै व्यवस्थितरूपमा वैचारिक–सांस्कृतिक रूपान्तरण र सङ्गठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्छ ।’

 

नेता श्रेष्ठले वैचारिक छिपछिपेपन, विधि–पद्धतिको अवज्ञा, व्यक्तिवाद, सङ्कीर्णता, अनेकता, गुटबन्दी, भ्रष्टीकरणबाट माथि उठ्न र त्यसविरुद्ध सङ्घर्ष गर्न पनि दृढ रहनुपर्ने बताउनुभएको छ । यति भए मात्रै क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सकिने उहाँको भनाइ छ ।

अहिलेको अवस्थामा भने तत्काल सिङ्गो पार्टी पङ्क्ति कोरोना महामारीसँग जुध्न स्वयंसेवामा जुट्न नेता श्रेष्ठले आग्रह गर्नुभएको छ ।

बिहीवार ९हिजो० बूढानीलकण्ठमा एक व्यवसायीको घरमा एमाले अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता भएको छ । भेटपछि छलफल सकारात्मक भएको नेता नेपालले प्रतिक्रिया दिनुभएको छ । त्यही भेटपछि नेपालतर्फका सांसदको राजीनामा पनि टरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *