नेपाल पक्षकालाई मन्त्री दिने कि नदिने ? यस्तो छ तयारी

राजनीति समाचार

बैशाख ३१, काठमाडौं
नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले आजै बिहीबार प्रधानमन्त्रीको सपथ खाने सम्भावना कम देखिएको छ।

प्रधानमन्त्री ओली फेरी प्रधानमन्त्री हुने निश्चित भइसके पनि शप भने शुक्रबार मात्रै ग्रहण गर्ने तयारी भइरहेको नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

‘अब बहुमतको प्रधानमन्त्री वा ठूलो पार्टीको हैसियतमा केपी कमरेड प्रधानमन्त्री हुने निश्चित भइसक्यो । हतार हतार सपथ हुँदैन होला भोलि शुक्रबार नै हुने सम्भावना छ’, भट्टराईले भने,‘तर राजनीति हो यस्तै अवस्था आए आजैपनि हुनसक्छ त्यो सम्भावना भने एकदमै कम छ।’

जनता समाजवादी पार्टी समेत सरकारमा जाने विषयमा छलफल भइरहेकाले प्रधामन्त्रीको सपथ शुक्रबार जान सक्ने बताएको छ। जसपाको महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष सरकारमै जाने वा बाहिर बसेर समर्थन गर्ने विषयमा निश्चित भइसेको छैन।

यता वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केही नेतालाई पनि मन्त्री बनाउने ओलीले तयारी गरेका छन्। नेपालपक्षबाट तीनदेखि चारजनासम्म मन्त्री हुन सक्ने बताइएको छ।

‘पहिला पनि केपी कमरेडले माधव कमरेड पक्षका नेताहरुलाई मन्त्री बनाउनु भएको थियो। उहाँहरुले राजीनामा गरेर जानुभयो’, भट्टराईले भने,‘उहाँहरु ९नेपाल०पक्षका सांसदहरुले मन्त्री हुने इच्छा देखाएमा हुन सक्नुहुन्छ त्यो सम्भावाना देखिएको छ।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरूलाई ‘धोका’ दिएको आरोप लगाएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता नेपालबीच सहमति भएको समाचार सार्वजनिक भएलगत्तै प्रचण्डले स्थायी कमिटी बैठकमा माधवले गम्भीर धोका दिएको आरोप लगाएका हुन् ।

माधव समुहले सांसद् पदबाट राजीनामा लागि तयार भएको भनेर आफूहरुलाई गुमराहमा राखेको तर राजीनामा नदिई प्रधानमन्त्री ओलीसँग सहमति गरेर माधवले धोका दिएको निश्कर्ष प्रचण्डले स्थायी कमिटीमा सुनाएका हुन् ।

‘ माधवले धोका दिए, यसपटक पनि माधव प्राविधिक कुरामा अल्झिनुभयो, कत्रो बिश्वास गरेको थिइयो, उहाँले बोल्ड राजनीतिक निर्णय गर्न सक्नुभएन, हामीलाई धोका भयो,’ बैठकमा दाहालको भनाइ उद्धृत गर्दै स्थायी कमिटीका एक नेताले भन्यो ।

बैठकमा अध्यक्ष प्रचण्डले माधवकै बिश्वासमा लागेर ओलीसँग फाइट गरेको तर आफ्नै लागि घातक बनेको तथ्य पनि स्वीकार गर्नुभएको ती नेताले बताए । ‘माधवकै कुरा सुनेर ओलीसँग फाइट गरियो, अहिले ओलीतिरै मिल्न पुगे, यस्ले गर्दा त हामीलाई ठुलो नोक्सान भयो,’ प्रचण्डको भनाई उधृत गर्दै ती नेताले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन लाग्नुभएको हो ।

गएको सोमबार प्रतिनिधिसभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागि हिजो बेलुकी ९ बजेसम्मको समय दिनुभएको थियो । ३ दिनको समयावधिमा बहुमतीय सरकार बनाउने प्रस्ताव नआएपछि राष्ट्रपति भण्डारीले संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको हैसियतमा फेरि ओलीलाई नै प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर समूहले सहयोग नगर्दा विपक्षी गठबन्धनको बहुमतीय सरकार बन्न असफल भएको हो ।

जसपाको ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने र एमालेको खनाल–नेपाल समूहले पनि राजीनामा नदिने भएपछि अन्तिम अवस्थामा आएर बहुमतीय सरकारको दाबी गर्नबाट कांग्रेस सभापति शेरबहादुर देउवा पछि हट्नुभएको थियो ।

पुनः नियुक्ति पाउनुभएका प्रधानमन्त्री ओलीले जसपाको महन्थ ठाकुर समूह र आफ्नै पार्टीभित्रको असन्तुष्ट खनाल–नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको छ । संविधानको धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

अबको ३० दिनभित्र संसदमार्फत प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सक्नुभएन भने फेरि संविधानको धारा ७६ को ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ । ७६ को उपधारा ५ मा प्रधानमन्त्रीले विश्वासको मत लिन नसके प्रतिनिधिसभाका कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार तय गर्न सकेमा राष्ट्रपतिले त्यस सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्न सक्ने व्यवस्था छ ।

तर, धारा ५ अनुसार बनेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिन सक्नुपर्छ । त्यसो हुन नसके देश मध्यावधी चुनावमा जान्छ । सबै विकल्प समाप्त भएमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ६ महिनाभित्र प्रतिनिधिसभाको अर्को चुनावको मिति घोषणा गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *