अरु दलको गठबन्धन असफल पछि केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त, आजै शपथ हुने

राजनीति

बैशाख ३१, काठमाण्डौ
राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ ।

संविधानको धारा ७६ ३ अनुसार संसद्को सबैभन्दा ठूलो दलको संसदीय दलका नेता ओलीलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले गएको वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न नसकी स्वतः पदमुक्त हुनुभएको थियो । त्यसपछि तीन दिनमा बहुमतको सरकार बनाउन राष्ट्रपतिले आह्वान गरे पनि कसैको दाबी नपरेपछि ओली पुनः प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।

आज शुक्रवार दिउँसो पद तथा गोपनीयताको शपथ हुने बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *