एमबाप्पे बने विश्वकै सर्वाधिक महङ्गा खेलाडी, मुल्य थाह पाउँदा सबै चकित

खेलकुद

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक महङ्गा खेलाडी बनेका छन् । सीआईइएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको सर्वाधिक महङ्गा खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा परेका छन् । फ्रान्सका यूवा फरवार्ड एमबाप्पेले लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङलाई पछि पार्दै सर्वाधिक महङ्गा खेलाडी बनेका हुन् ।

फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार एमबाप्पेको मूल्य २६५.२ मिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानमा रहेका स्ट्रलिङको मूल्य २२३.७ मिलियन रहदा सलाहको मूल्य १७५.१ मिलियन पाउण्ड रहेको छ । यस्तै चौंथो स्थानमा रहेका बोरुसिया डर्टमण्डका जाडोन सान्चोको मूल्य १६८.९ मिलियन र पाँचौं स्थानका रहेका लिभरपुलका साडियो मानेको मूल्य १५५.६ मिलियन पाउण्ड रहेको छ ।

छैटौं स्थानका ह्यारी केनको मूल्य १५०.५ मिलियन पाउण्ड रहदा सातौं स्थानमा मार्कुस राष्फोर्डको मूल्य १३४.३ मिलियन पाउण्ड रहेको छ ।आठौं स्थानमा रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीको मूल्य १२५.५ मिलियन पाउण्ड, नवौं स्थानका एन्टोनियो ग्रीजम्यानको मूल्य १२३.६ मिलियन पाउण्ड र दशौँ स्थानको लाउटारो मार्टिनेजको मूल्य ११५.७ मिलियन पाउण्ड रहेको छ । इटालियन क्लब युभेन्ट्सका फरवार्ड क्रिस्टियानो रोनाल्डो, पीएसजीका नेयमार र युनाइटेडका पाउल पोग्बा शीर्ष १० मा अटाएका छैनन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *