घर चिन्न घर छाडौँ तर, घर नबिर्सौं

समाचार

लक्ष्मीप्रसाद देवकोटा (वि.सं. १९६६ – २०१६) को जन्म काठमाडौंको डिल्लीबजारमा भएको थियो । उनी नेपाली साहित्यका महाकविका रूपमा सु–प्रसिद्ध छन् । देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अद्वितिय कृतिहरू लेखेका छन् ।

विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् । यहाँ हामीले तिनै महाकवि देवकोटाका केही उत्कृष्ट भनाईहरु उल्लेख गरेका छौँ । जुन भनाई तपाईंका लागि पनि उपयोगी बन्न सक्छन् । – मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन । – कुनैपनि मानिसको सबै आत्मा बुझाउन सक्ने विद्या अहिलेसम्म निस्केको छैन । – सत्यका लागि त्याग गर्न जसले सक्दैन उ कदापी वीर हुन सक्दैन । – खराब चिजबाट पनि असल कुरा लिन सक्नु महानता हो ।

– चुलीलाई ताक्नु, तिर्सना राख्नु र उचाइतिर लम्कनु नै पर्वतारोही हो । – दर्शन भय हो कविता सत्य हो । – घर चिन्न घर छाडौँ तर, घर नबिर्सौँ । – जीवन एक चक्का हो, ठीक ठाउँमा नचले बेठीक ठाउँमा चल्ने पक्का छ । – मेरो दिलमा गहिरो घाउ छ, अब न त्यसको उपचार गर्ने कुनै डाक्टर छन् न मेरो कुनै भाउ छ ।

काठमाडौं : अमेरिकी गुप्तचर विभागले नयाँ वर्षमा रसियामा हुन लागेको आतंकवादी हमलालाई रोक्न मद्धत गरेको छ। रसियाको गुह मन्त्रालय केरमलिनले आइतबार यसको खुलासा गरेको हो । क्रेमलिनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई फोन गरेर आतंकवादी हमलाको योजनाबारे जानकारी गराएका थिए।

अमेरिकी गुप्तचर विभागको यस सूचनाको आधारमा रुसी संघीय एजेन्सीले दुई षड्यन्त्रकारी नागरिकलाई पक्राउ गरेको छ । ट्रम्पले गरेको यो मद्धतका लागि पुटिनले उनलाई फोन गरेर धन्यावाद दिएका छन्।क्रेमलिनले आफ्नो आधिकारिक बयानमा दुईबीच भएको कुराकानीको बारेमा खासै जानकारी दिएको छैन् । दुईबीच भने साझा हित र चासोको विभिन्न विषयमा छलफल र दुई पक्षीय सम्बन्ध अगाडि बढाउने बारे कुराकानी भएको थियो । यसैगरी आतंकको विरुद्धमा सँगै जाने प्रतिबद्धता जनाएका छन् ।

सन् २०१४ मा रसियाले युक्रेनको क्रिमिया महाद्वीपको एक ठूलो हिस्सालाई कब्जा गरेको थियो । त्यो समयमा तत्कालिन राष्ट्रपति बाराक ओबामाले रसियामा प्रतिबन्धको घोषणा गरेको थियो । ट्रम्पले आफ्नो चुनावी अभियानमा ओबामाको विरुद्धमा बोल्दै रसिया राष्ट्रपतिको समर्थन गरेको थियो ।

साथै रसियामाथि अमेरिकी राष्ट्रपति चुनावमा समस्या उत्पन्न गराएको आरोप पनि लागेको थियो । तापनि २०१६ मा राष्ट्रपति पद सम्हालेका ट्रम्पले दुबै देशमा राम्रो सम्बन्ध जोड्ने निर्णय गरेका थिए । ट्रम्प र पुटिनबीच फोनमा कुराकानी भएको यो पहिलो पटक भने हैन । यो भन्दा अगाडी पनि दुई राष्ट्रपति बीच सिरीया, परमाणु सम्झौता, उत्तर कोरिया र व्यापारको विषयमा कुराकानी भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *