सन्दीप आवद्ध टीम मेलबर्नको खेल आज , सन्दिप प्लेईङ इलाभेनमा पर्ने पक्का

खेलकुद

काठमाडौं : जारी बिग बास लिग (बीबीएल) मा आज सन्दीप लामिछाने आवद्ध टीम मेलबर्न स्टार आज पर्थ सोचर्स विरुद्ध मैदानमा उत्रदैछ ।
९ खेलबाट आठमा जित निकाल्दै शीर्ष स्थानमा रहेको मेलबर्न पर्थ विरुद्ध दिउँसो ३ः४५ बजे मैदान उत्रनेछ ।

उत्कृष्ट फर्ममा रहेको मेलबर्न पर्थलाई समेत हराउँदै शीर्ष स्थान कायमै राख्ने तयारीमा छ । मेलबर्नको दशौं म्याचमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछाने प्लेइङ ११ मा पर्ने सम्भावना बलियो देखिन्छ । घाइते भएकाले एक खेल गुमाए पनि बाँकी सवै खेल खेलेका सन्दीपले ८ खेलबाट ९ विकेट लिएका छन् । उनी मेलबर्नले मंगलबार घोषणा गरेको १३ सदस्यीय टोलीमा पनि अटाइसकेका छन् । दशौं म्याचमा मेलबर्नले एक खेलाडी मात्र परिवर्तन गरेको छ । उसले जोनाथन मेर्लोलाई विश्राम दिँदै नाथन कल्टर नाइललाई १३ सदस्यीय टिममा समावेश गरेको छ ।

ग्लेन म्याक्सवेल (कप्तान), हिल्टन कार्टराइट, नाथन कउटर–नाइल, ज्याक्सन कोलम्यान, बेन डंक, सेब गोच, क्लिन्ट हिन्चलिफ, सन्दीप लामिछाने, निक लार्किन, लान्स मोरिस, हरिस रौफ, मार्कस स्टोइनिस र डानियल वर्रल ।

बीबीएलमा आज २ खेल हुँदै छन् । पहिलो खेलमा मेलबर्न रेनेगेड्स र सिड्नी थन्डर भिड्दै छन् । सिड्नी र मेलबर्नबीचको खेल दिउँसो १२ः५५ बजेदेखि सुरु हुनेछ । जारी प्रतियागितामा सिड्नी ९ अंकका साथ छैटौं स्थानमा छ । यता गत विजेता रेनेगेड्सले भने ९ म्याच खेल्दा अंक विहिन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *