नयाँ सरकार बन्दैः बहुमत पुर्‍याउन विपक्षी दल कसरतमा, देउवाले बोलाए पदाधिकारी बैठक

समाचार

बैशाखा २८, काठमाण्डौ
दलहरूले प्रधानमन्त्री केपी ओलीको विकल्पमा बहुमतको सरकार गठनका लागि कसरत थालेका छन् । सोमबार बेलुका राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९२० बमोजिम बहुमतको प्रधानमन्त्री बन्ने दाबी पेस गर्न आह्वान गरेपछि विपक्षी दलहरूले आफ्नो गठबन्धनमा बहुमत पुर्‍याउने कसरत थालेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति शेरबहादुर देउवाले बहुमतको सरकारका विषयमा छलफल गर्न पार्टीका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । दिउँसो ३ बजे बुढानीलकण्ठस्थित देउवानिवासमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाइएको स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

राष्ट्रपति भण्डारीले बहुमतको सरकार गठनका लागि तीन दिन अर्थात् वैशाख ३० गते बिहीबार राति ९ बजेसम्मको अवधि तोकेकी छिन् । देउवाले मंगलबार पार्टीका नेताहरूसँग औपचारिक छलफल गरेपछि बुधबार अन्य दलहरूसँग छलफल गर्ने भएका छन् ।

स्रोतका अनुसार कांग्रेस र माओवादी केन्द्रले जनता समाजवादी पार्टी ९जसपा० र नेकपा एमालेकै माधव नेपाल र झलनाथ खनाल समूहसँग पनि बहुमतको सरकार गठनका लागि छलफल गरिरहेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपाका अध्यक्ष यादवले वैकल्पिक सरकार गठनका लागि आह्वान गरेका थिए ।

तर, जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले ओलीको विकल्पमा गठन हुने सरकारमा सहभागी नहुने भनेपछि विपक्षी गठबन्धनलाई बहुमत पुर्‍याउन कठिन देखिएको छ ।

कांग्रेस सभापति देउवाले सिंगो जसपा सामेल भए मात्र बहुमतको सरकार गठन गर्न सकिने बताएका छन् । स्रोतका अनुसार देउवाले ठाकुरसँगको भेटका क्रममा पनि सिंगो जसपालाई लिएर मात्रै बहुमतको सरकार गठन गर्ने बताएका थिए ।

ठाकुरले पनि जसपालाई वैकल्पिक सरकार बनाउने नाममा विभाजित नगरिदिन आग्रह गरेका थिए । तर, जसपाभित्रको विभाद सोमबारै छताछुल्ल भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *