ओलीलाई अर्को कडा धक्का, देउवा र महन्थ ठाकुरका कारण नेपाली राजनीतिमा पल्टियो पासा

राजनीति समाचार

बैशाख २६, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता जोगाउन थुप्रै प्रयास गरेपनि नेपाली राजनीतिको पासा पल्टिएको छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रस्तावबारे निर्णय लिन सोमबार प्रतिनिधिसभा बैठक बस्नुअघि राजनीतिक चहलपहल बढेको छ । नेकपा एमाले सांसदले सामूहिक राजीनामा दिने निर्णयसँगै जसपाको पूरै हिस्सा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पक्षमा आउने देखिएको छ ।

प्रधानमन्त्री ओलीको समर्थनमा देखिँदै आएका जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नु आईतबार बिहानै बुढानिलकण्ठ पुगेका छन् ।

कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष ठाकुरबीच आगामी सत्ता समीकरणबारे छलफल हुने स्रोतले जनाएको छ ।

नेकपा एमालेका माधवकुमार नेपाल पक्षका सांसदले राजीनामा दिने निर्णय गरेसँगै जसपाको ठाकुर पक्ष सभापति देउवासँग नजिकिन थालेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराई पक्ष यसअघिदेखि नै विपक्षी गठबन्धनसँग नजिक रहेको छ ।

नेपाली कांग्रेसले देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको छ । देउवा नेतृत्वको सरकारलाई नेकपा माओवादी केन्द्र र जसपाले समर्थन गरेर बहुमत पुग्ने देखिएको छ ।

यो पनि पढ्नुहोस्

देउवालाई भेट्न महन्थ र राजेन्द्र बूढानीलकण्ठमा, अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्ने

बैशाख २६, काठमाडौ
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतो काँग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन् ।

प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले भोलि सदनमा लिने विश्वासको मतका समर्थन जुटाउन ठाकुर महतो समेतलाई लिएर बूढानीलकण्ठ पुगेको जसपा पार्टीका एक नेताले बताए । प्रधानमन्त्री ओलीको विश्वास मतको पक्षमा रहेका अध्यक्ष ठाकुर रहेका छन् ।

तर जसपा नेपालमै भने प्रधानमन्त्री ओलीको विश्वासको मतको बारेमा पार्टीमा दुईटा धार छ । जसपा नेपालका अर्का अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री ओलीको विपक्षमा छन् भने अध्यक्ष महन्थ ठाकुर पक्षमा छन् ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त नहुने अवस्था आएमा जसपा नेपालका अध्यक्ष ठाकुर पक्ष तटस्थ बस्ने सोच पनि बनाएको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नै विश्वासको मत प्राप्त नहुने अवस्थामा आए जसपा नेपाल तटस्थ बस्दा नै राम्रो हुने सुझाव दिएको एक वरिष्ठ नेताले बताए ।

यस्तो अवस्थामा तटस्थ बस्नका लागि महन्थ ठाकुर पक्षका नेताहरुले उपेन्द्र यादवलाई पनि दवाव दिइरहेका छन् ।
यसअघि अध्यक्ष उपेन्द्र यादवले पनि देउवासँग छलफल गरिसकेका छन् । सभापति देउवाले प्रधानमन्त्री ओलीलाई समर्थन नगर्ने भनिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *