एमाले फुटेको चर्चा चल्दा सुवास नेम्वाङले गरे यस्तो ठोकुवा, देशको राजनितिमा पलायो आशा

राजनीति समाचार

२६ बैशाख, काठमाण्डौ

नेकपा एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसदहरू सामूहिक राजीनामाको दिशामा अघि बढेपछि संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीको आन्तरिक एकताको सम्भावना टाढिइसनसकेको ठोकुवा गरेका छन् ।

शनिबार दिउँसो देखि साँझसम्म ललितपुर सातदोबाटोमा बसेको खनाल–नेपाल समूहका सांसदहरूको बैठकले सामूहिक राजीनामाको विकल्पमा जानुपर्ने निचोड निकालेको थियो । जिल्लामा रहेका सांसदहरू आउन बाँकी रहेकाले आइतबार दिउँसो ३ बजे राजीनामा दिने निष्कर्षमा उनीहरू पुगेका छन् ।

एमाले एकता फुटको विन्दुमा पुगेका बेला प्रधानमन्त्री केपी शर्मा ओली पक्षका प्रभावशाली नेता सुवास नेम्वाङले छलफल, संवाद चलिरहेको र एकताको सम्भावना अझै जीवित रहेको बताएका हुन् । “हामी लागिराखेका छौँ । अहिले नै सम्भावना सकिएको छैन,” उनले भने ।

खनाल–नेपाल समूहका सांसद यज्ञराज सुनुवारले पनि सामूहिक राजीनामा एउटा विकल्प भएको बताएका छन् । त्यसअघि प्रधानमन्त्री ओली २०७५ जेठ २ गते फर्कने बाटो रहेको र फर्कन तत्पर भए समाधान हुने बताउँछन् ।

ओली समूहका अर्का प्रभावशाली नेता माधवकुमार नेपाल, भीम रावललगायत नेता सहमतिमा आउनै तयार नरहेको आरोप लगाउँछन् । “उहाँहरू हिजोदेखि नकारात्मक हुनुहुन्थ्यो । आज पनि हुनुहुन्छ,” उनले जिकिर गर्दै भने, “त्यहाँभित्रका सकारात्मक साथीहरू पनि हुनुहुन्छ, उहाँहरू सहमतिमा आउनुहुन्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते ९सोमबार० विश्वासको मत लिँदैछन् । त्यो दिन नजिकिँदै जाँदा पार्टीभित्रको संकट फुटको दिशामा अघि बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *