अष्ट्रेलियासँग भारतको लज्जास्पद हार ! भारत १५ वर्षपछि १० विकेटले हार्यो

खेलकुद

मुम्बई। अस्ट्रेलियाले मुम्बईमा खेलिएको पहिलो एक दिवसीय खेलमा भारतलाई १० विकेटले पराजित गरेको छ। विकेटका आधारमा यो भारतको अस्ट्रेलियासँग सबैभन्दा ठूलो हार हो। टस हारेर पहिले ब्याटिङ गरेको भारतले अस्ट्रेलियालाई २५६ रनको लक्ष्य दिएको थियो। सो लक्ष्य डेविड वार्नर र एरोन फिन्चको जोडीले पूरा गर्‍यो। उनीहरुले क्रमशः १२८ र ११० रन बनाउँदै भारतलाई पराजित गरे। भारतीय भूमिमा अस्ट्रेलियाको यो लगातार चौथो जित हो।

यसक्रममा डेविडले ८८ बलमा शतक प्रहार गरेका थिए। उनले १७ चौका र ३ छक्का जोडे भने फिन्चले १३ चौका र ६ छक्का प्रहार गरे।जितसँगै अस्ट्रेलियाले तीन खेलको सिरिजमा १-० अग्रता लिएको छ।

भारत १५ वर्षपछि १० विकेटले हार्यो

भारतले १५ वर्षपछि १० विकेटको हार भोग्न बाध्य भयो। अहिलेस सम्म पाँच पटक १० विकेटले पराजित भएको छ। पहिलो पटक १९८१ मा न्युजिल्यान्डसँग मेलबर्नमा पराजित भएको थियो। भारतले ११३ रनको लक्ष्य दिएको थियो। त्यस्तै १९९७ मा २०० रनको लक्ष्य वेस्टइंन्डिजले ब्रिजटाउनमा विना विकेट गुमाएर भेटाएको थियो।

त्यस्तै सन् २००० मा दक्षिण अफ्रिकाविरुद्ध शारजाहमा १६५ रनको लक्ष्य दिएको भारत १० विकेटले पराजित भयो। पछिल्लो पटक भारत २००५ मा दक्षिण अफ्रिका सँगै कोलकतामा १० विकेटले हारेको थियो। कोलकतामा १८९ रनको लक्ष्य दिएको भारत विरुद्ध १० विकेटको जित दक्षिण अफ्रिकाले दिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *