कांग्रेसले यस्तो निर्णय गरेपछि बालुवाटारमा छायो खुसीयाली, अबको राजनिती यस्तो हुने

राजनीति

२५ बैशाख

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने निर्णय गरेको छ ।

शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।

ओली स्वयंलेनै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि कांग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको प्रस्टाएको छ।

साथै कांग्रेले प्रधानमन्त्री ओलिविरूद्ध वैशाख २७ मा मतदान गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए। उनले ओली बहिर्गमनपछि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नेगरि निर्णय भएको जानकारी दिए।

यस्तै बैठकले चैत २१ गते बसेको पार्टी केन्द्रीय कार्यसमितिको निर्णय अनुमोदनसमेत गरेको छ।

यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजिने र विश्वासको मत नदिने बताएका छन् । आइतबार संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको विकल्प खोजिने र विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने बताएका हुन् ।

देउवाले बैठकमा भने, ‘केपी शर्मा ओलीको विकल्प खोज्ने नै हो । र, विश्वासको मत माग्न आएमा विपक्षमा मतदान गर्ने हो । जसरी भए पनि अविश्वास प्रस्ताव पास गराउने हो ।’

साथै, प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने यसअघिकै निर्णय अनुमोदन भएको छ ।

त्यस्तै, प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने संकेत पनि देखिएको देउवाले बैठकमा भनेका छन् । तर, प्रधानमन्त्री ओलीलाई निर्वाचन गराउने अधिकार नभएको बताए ।

देउवाका अनुसार २७ गते विश्वासको मत नपाएपछि ओलीले चुनाव गराउन पाउँदैनन् । यसैगरी संविधानले पनि ओलीलाई चुनाव गर्न नदिने उनले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *