माधवले ओलिलाई बिश्वासको मत दिने निश्चित। देउवा सहित अन्यदलको खुट्टा काप्यो।।हेर्नुहोस तथ्य राजनीति अब नयाँ मोडमा ।।

राजनीति

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस नयाँ गठबन्धन निर्माण गरि सफल बनाउन तीव्र रुपमा लागिपरेको छ। सोहीअनुसार काँग्रेस सभापति शेरबहादुर देवासहितका नेताहरु माओवादी केन्द्र,नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुसँग निरन्तर आन्तरिक छलफलमा छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने निर्णय लिएपछि काँग्रेस देउवाले राजनीतिक भेटघाटलाई तीव्रता दिँदै आएका हुन। देउवाले ओली सरकारलाई हटाएर गरेर आफ्नै नेतृत्वमा सरकार बनाउने रणनीतिका साथ केही दिन यता राजनीतिक भेटघाटलाई तीव्रता दिएको बुझिएको छ ।

बुधबार बूढानीलकण्ठमा भेट्न पुगेका प्रधानमन्त्री ओलीलाई देउवाले विश्वासको मत दिन नसक्ने भन्दै फर्काएका थिए भने बिहीबार र शुक्रबार एमाले नेता माधव नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर गठबन्धन दरिलो बनाउन पहल थालेका थिए । यद्यपि गठबन्धन सफल बन्नेमा देउवा अझैपनि खुट्टा कमाईरहेका छन ।

काँग्रेस नेता एनपी साउदले विविध कारणले गठबन्धनले पूर्ण आकार ग्रहण गर्न नसकेको बताउदै आएका छन। मुल कारण एमालेको माधव कुमार नेपाल समूह रहेको उनको आरोप छ ।
साउदका अनुसार लगातार बूढानीलकण्ठमा चार दलको गठबन्धन निर्माणको कोशिस त भइरहेको छ । तर जसपाभित्रको मत विभाजन र नेता नेपालमाथिको आन्तरिक दबावले गठबन्धनले पूर्ण आकार ग्रहण गर्न नसकेको हो ।

उनले भने जसपामा स्पष्ट विभाजन छ माधव नेपाल प्रेसरमा पनि हुनुहुन्छ यसले केही जटिलता देखिएको छ ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने बारेमा माधव नेपाल सकारात्मक भए पनि व्यक्तिगत प्रतिबद्धताले परिणाम दिन नसकेको साउदको बुझाइ छ ।
‘माधव नेपालले व्यक्तिगत प्रतिबद्धता जनाउनु भएको छ । तर उहाँले आफ्नो स्ट्रेन्थ र आइडेन्टिटीलाई सेफ गोलमा रुपान्तरण गर्दा उहाँसँग भएको टीम असुरक्षित हुन्छ । उहाँले एउटा सेटलमेन्ट खोजि राख्नुभएको जस्तो छ,’ साउदले भने, ‘ओलीजी हटाउने बारेमा माधवजी सकारात्मक नै हुनुहुन्छ । तर ओलीजी हटाउनका लागि उहाँहरुको भूमिका के हुने भन्ने कुरा प्रस्ट हुनसकेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *