बादलले जित सुनिश्चित भएपछि उम्मेदवारी दिएको खुलासा, विजयी हुने यस्तो छ दावी

राजनीति समाचार

काठमाडौँ, बैशाख २५
गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रियसभा सदस्यमा आफ्नो जित सुनिश्चित भएको बताएका छन् । आगामी ६ गते हुने उपनिर्वाचनका लागि हेटौँडा पुगेर राष्ट्रियसभामा उम्मेदवारी दर्तापछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफ्नो जित सुनिश्चित भएको प्रतिक्रिया दिएका हुन् ।

उनले भने, ‘अहिलेको चुनावमा कूल ९ हजार ५ सय ६४ मतमध्ये हाम्रो पार्टीको पाँच हजार एक सय ३० मत छ, यो मतले के स्पष्ट देखाउँछ भने यो निर्वाचनमा मेरो जित सुनिश्चित छ ।’

एमालेको एक समूहले स्वतन्त्र उम्मेदवारलाई मत दिने कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘पार्टीभित्रबाट स्वतन्त्रलाई मत जान्छ भन्ने हल्ला मात्र हो, सबै मत मलाई नै आउँछ ।’

उम्मेदवार दर्ता गर्नुअघि बादलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टीका नेताहरूसँग बालुवाटारमा छलफल गरेका थिए । छलफलपछि उम्मेदवारी दिन उनी बालुवाटारबाट सीधै हेटौँडा हिँडेका थिए ।

यसैबीच उनको विपक्षीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टीका तर्फबाट डा। खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गरेका छन् ।

यो पनि पढ्नुहोस्

ओलीको जसपा फुटाउने योजना चकनाचुर, एकढिक्का भएर प्रचण्डसँग पो भयो यस्तो सम्झौता

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र महतोबीच कुरो मिल्ने देखिएको छ । फुट्ने तयारमै रहेको जसपा दुई नेताबीचको वार्तापछि जोगिने भएको हो । यादव र महतोबीचको पछिल्लो भेटवार्तामा यही २७ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने सहमति भएको स्रोतले जनाएको छ । महतोलाई दलको नेता बनाउन यादवले सघाउने पनि वचन दिएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा पुगेका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोलगायतका प्रभावशाली नेताहरुले साथ छोडेपछि पार्टीभित्र एक्लिएका छन् । २२ जनाभन्दा बढि सांसद अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा उभिएपछि ठाकुर संकटमा परेका हुन् । पछिल्लो समय ठाकुरलाई राजेन्द्र महतोले साथ दिँदै आएका थिए ।

तर, पहिलेको सहमतिअनुसार महतोले संसदीय दलको नेतामा दाबी गरेको तर ठाकुरले दिन नमानेपछि यी दुई नेताबीच विवाद चर्किएको हो । महतोकै कारण ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई सघाउनेगरि थालेको सांसदहरुको हस्ताक्षर अभियानसमेत प्रभावित बनेको छ । उता, प्रधानमन्त्री ओलीलाई कुनैपनि हालतमा विश्वासको मत दिन नहुने पक्षको नेतृत्व गरेका अर्का अध्यक्ष उपेन्द्र यादव भने अब पार्टीको बैठक राखेर एउटा निर्णयमा पुग्ने तयारीमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *