वार्नरको सर्वाधिक चाँडो ५ हजार रन पुरा गर्ने चौंथो खेलाडी

खेलकुद

मुम्बई। अस्ट्रेलियाले भारतलाई मुम्बईमा खेलिएको पहिलो वान डे म्याचमा १० विकेटले हराएको छ । यो जितका साज तीन म्याचको सिरिजमा अस्ट्रेलियाले १–० को अग्रता बनायो ।टस हारेर पहिले ब्याटिङ गरेको भारतीय टिम ४९ ओभर १ बलमा अल आउँट हुँदै २ सय ५५ रनमा समेटिएको थियो । जवाफमा अस्ट्रेलियाले ३७ ओभरमा ४ बलमा कुनै विकेट नगुमाई २ सय ५६ रन जोडेर जित दर्ता गरेको हो ।

टिम इन्डियाका लागि शिखर धवनले सर्वाधिक ७४ रन जोडे । केएल राहुलले ४७ रनको योगदान दिए । अस्ट्रेलियाका लागि मिसेल स्टार्कले सर्वाधिक तीन विकेट लिए । कमिंस र चिर्डसनले २÷२ विकेट लिए ।

जाम्पा र एस्टनले १÷१ विकेट लिएका थिए । अस्ट्रेलियाका लागि डेविड वार्नरले १ सय २८ रन जोडे । उनले १ सय १२ बलमा १७ चौका र ३ छक्का प्रहार गरे । आरोन फ्रिन्चले १ सय १४ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै १ सय १० रन जोडेका थिए ।

वार्नरको सर्वाधिक चाँडो ५ हजार रन पुरा गर्ने चौंथो खेलाडी

वार्नरले एकदिवसीय क्रिकेटमा पाँचहजार रन पुरा गरेका छन्। सर्वाधिक कम इनिङमा पाँच हजार रन बनाउने वार्नर चौंथो ब्याट्सम्यान बने। वार्नरले ११५ इनिङमा यो उपलब्धी हाँसिल गर। दक्षिण अफ्रिकाका पुर्व ब्याटसम्यान हाशिम अमलाले १०१, वेस्टइंन्डिजका पुर्व ब्याट्सम्यान विवियन रिर्चडसन र कोहलीले ११४ इनिङमा ५ हजार रनको कीर्तिमान बनाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *