कोरोनाको बज्रपात, एकै घरका तीन दाजुभाइको निधन

समाचार

बैशाख २४, बाँके
कोरोना सङ्क्रमणबाट नेपालगञ्जमा एकाघरका तीन दाजुभाइको अकालमा मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज, ए’जाज र जहीर अहमद रहेका छन् ।

जिल्ला को’भिड स’ङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृ’त्यु भएको हो । जहीरको मृ’त्यु भएको भोलिपल्ट एजाजको मृ’त्यु भएको थियो । आज विहान इम्तियाजको मृ’त्यु भएको स्रोत व्यक्ति वलीले बताए ।

सात दाजुभाई मध्ये जहीर कान्छा , एजाज राइलो र इ’म्तियाज काइलो हुन् ।उनीहरु सबैको भेरी अस्पतालमा उपचारको क्रममा मृ’त्यु भएको हो । नेपालगञ्जको विपिचोक नजिकै व्यापार गर्दै आएका जहिरको बुधबार, एजाजको बिहीवार र इ’म्तियाजको आज मृ’त्यु भएको हो । एउटै परिवारको तीन दाजुभाईको मृ’त्युपछि परिवारमा ब’ज्रपात परेको स्थानीय रसिद कुरेशीले बताए ।

बिहीवार रातीमात्रै बाँकेका अस्पतालमा भर्ना भएका थप १० कोरोना सङ्क्रमित बि’रामीको उपचारकाक्रममा मृ’त्यु भएको थियो ।हालसम्म बाँकेमा सङ्क्रमणबाट मृ’त्यु हुनेको सङ्ख्या १६९ जना पुगेको छ भने उपचारका लागि बाहिरी जिल्लाबाट बाँके आएका १३० जनाको मृ’त्यु भएको जिल्ला को’भिड सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *