भन्ने खबर आएपछि ..

राजेन्द्र महतोपनि उपेन्द्रकै लाइनमा, ओलीलाई विश्वासको मत नदिन यस्तो भयो सहमति

समाचार

काठमाडौं, २४ बैशाख
फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी, नेपाल अन्ततः फुटबाट जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको जसपा अब एक भएर अघि बढ्ने भएको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा पुगेका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोलगायतका प्रभावशाली नेताहरुले साथ छोडेपछि पार्टीभित्र एक्लिएका छन् । २२ जनाभन्दा बढि सांसद अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा उभिएपछि ठाकुर संकटमा परेका हुन् । पछिल्लो समय ठाकुरलाई राजेन्द्र महतोले साथ दिँदै आएका थिए ।

तर, पहिलेको सहमतिअनुसार महतोले संसदीय दलको नेतामा दाबी गरेको तर ठाकुरले दिन नमानेपछि यी दुई नेताबीच विवाद चर्किएको हो । महतोकै कारण ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई सघाउनेगरि थालेको सांसदहरुको हस्ताक्षर अभियानसमेत प्रभावित बनेको छ । उता, प्रधानमन्त्री ओलीलाई कुनैपनि हालतमा विश्वासको मत दिन नहुने पक्षको नेतृत्व गरेका अर्का अध्यक्ष उपेन्द्र यादव भने अब पार्टीको बैठक राखेर एउटा निर्णयमा पुग्ने तयारीमा छन् ।

यसको लागि उनले नेता महतोसँग पछिल्लो समय लगातार छलफल गरेका छन् । पार्टीले अब विश्वासको मत दिने वा नदिनेबारे एकमतले निर्णय गर्ने दोस्रो तहका नेताहरुको दाबी छ । नेता मनिष सुमनले ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै उनले भने,‘अब पार्टी फुटको खतरा टर्यो । अब छिट्टै पार्टी संसदीय दल र कार्यकारिणी समितिको बैठक बस्छ । अनि एउटा निर्णय गर्छ ।’

जसपानिकट उच्च स्रोतकाअनुसार यादव र महतोबीचको पछिल्लो भेटवार्तामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने सहमति भएको छ । बरु, यसको लागि महतोलाई दलको नेता बनाउन यादवले सघाउने पनि वचन दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *