खुसीको खबर : कपिलवस्तुमा एकै दिन ४६ जना कोरोना संक्रमित निको

समाचार

 कपिलवस्तु, २४ बैशाख
कपिलवस्तुमा आज मात्र कोरोनालाई ४६ जनाले पराजित गरेका छन । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार कोरोना निको हुनेको संख्या बढेको छ ।

आज नयाँ ४ जना कोरोना संक्रमित थपिएका छन । जिल्लामा थप दुई जनाले कोभिड १९ को संक्रमणबाट ज्यान गुमाएका छन ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ८ सय ३२ पुगेको छ । अहिलेसम्म कपिलवस्तुमा मृत्यु हुनेको संख्या ६२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *